विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्नेभएका छन् । नेपाल बक्सिङ संघले विश्व बक्सिङमा सहभागी हुने खेलाडीलाई नेपाल बक्सिङ संघले बन्द प्रशिक्षणका लागि बोलाएको हो ।
बागलुङ, वैशाख १४ गते। नेकपा (एमाले) गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ। बुधबार बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रममा उहाँहरुले एमाले परित्याग गरेको घोषणा गर्नुभएको हो। दश वर्षे जनयुुद्ध र १९ दिने जनआन्दोलनको विरासत जोगाउन आफूहरु माओवादी केन्द्रमा नै फर्किएको उहाँहरुको भनाइ छ। २०७० सालमा तुलसीराम अर्याल नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएको थियो। पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का चन्द्र अर्याल ढोरपाटन नगरपालिकाको मेयर पदको उम्मेदवार बन्नुभएको छ।
नवराज कट्टेलविराटनगर, वैशाख १४ गते। विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिनुभएको छ। बुधबार दिउँसो संवैधानिक व्यवस्था अनुसार महानगर उपप्रमुख समक्ष पराजुलीले राजीनामा दिनुभएको हो। विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले मेयर पराजुलीले पदबाट राजीनामा दिनुभएको जानकारी दिनुभयो। ‘संवैधानिक व्यवस्था अनुसार कार्यपालिका उपप्रमुख समक्ष मेयर पराजुलीले राजीनामा दिनुभएको छ, ‘प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भन्नुभयो, ‘कार्यालयमा उहाँको राजीनामा पत्र प्राप्त भइसकेको छ।’ स्थानीय तहको निर्वाचन हुन गइरहेको र आफू पार्टीको केन्द्रीय सदस्य भएका कारण राजीनामा दिनुपरेको पत्रमा उल्लेख छ। ‘वैशाख ३० गरेको निर्वाचनमा पार्टीको प्रचारप्रसार तथा निर्वाचन सम्बन्धी विविध गतिविधिमा सहभागी हुनुपर्ने भएकोले वर्तमान अवस्थामा वहाल गरिरहेको प्रमुखको पदमा रहिरहन नैतिकताको आधारमा उपयुक्त नदेखिएकाले नेपालको संविधान धारा २१६ को उपधारा ८ (क) बमोजिम वैशाख १४ गतेदेखि लागुहुने गरी राजीनामा दिएको छु’, पत्रमा उल्लेख गरिएको छ। पदीय दुरुपयोगको आरोप नलागोस् भनेर राजीनामा दिएको पराजुलीले बताउनुभयो।
विष्णुप्रसाद पोखरेलदमक, वैशाख १४ गते। कृषिमा आधुनिकरण तथा व्यवसायीक धान खेतीको विस्तार गर्ने उद्देश्यले झापामा पहिलो पटक चारचक्के ‘राइस ट्रान्सप्लान्टर मेसिन’ चित्रिएको छ। यो पहिला प्रयोग गरिदै आएको तीन चक्के राइस ट्रान्सप्लान्टर मेसिन भन्दा धेरै सहज तथा उपयोगी हुने बताइएको छ। पछिल्लो समय झापामा किसानले ‘राइस ट्रान्सप्लान्टर’ मेसिनबाट धान रोप्दै आएका छन्। मेसिनको सहायताले धान रोप्दा समय र जनशक्ति लागतमा कमी आउने भएकाले कृषक यसतर्फ आकर्षित भएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजन कार्यान्वय इकाई झापाका प्रमुख रवीन्द्र सुवेदीले बताउनुभयो।चारचक्के राइस ट्रान्सप्लान्टर मेसिन केही सहकारी संस्थाको अनुदानमा उपलब्ध गराइएको उहाँको भनाइ छ।
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि बुधारसम्म २२ जिल्लामा छपाइ भएका मतपत्र पठाएको छ ।
काठमाडौं, वैशाख १४ गते । फिल्म 'कबड्डी ४' को ट्रेलर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको ४ मिनेट २८ सेकेण्ड लामो ट्रेलरमा मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ र विजय बराल देख्न सकिन्छ । सामाजिक कथावस्तुलाई कमेडीमार्फत प्रस्तुत गरिएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नुभएको हो । फिल्मको अन्तिम सिरिजसम्म आइपुग्दा काजीले प्रेमीका पाउँछन् कि पाउँदैन, उहाँको बिहे हुन्छ कि हुँदैन भन्ने प्रश्नमा चलचित्र घुमेको छ ।बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्ममा कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । फिल्मका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुनुहुन्छ ।फिल्म आगामी जेठ १३ मा नेपालभर प्रदर्शन हुने भएको छ ।
विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको मृत्यु भएको हो ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयनको सात वर्ष पूरा गरेको उपलक्ष्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)द्वारा कार्यक्रमको उपलब्धिबारे समीक्षा गरिएको छ ।
गोरखापत्र अनलाइनकाठमाडौँ, वैशाख १४ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत गत चैत २६ गतेदेखि हालसम्म कुल ३५ सञ्चार माध्यमबाट ३६ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । बुधबार अनुगमनबारेको कार्यप्रगति विवरण समेटिएको विज्ञप्ती जारी गर्दै काउन्सिलले सो जानकारी गराएको हो । काउन्सिलले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने चार वटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको उपप्रशाकीय अधिकृत रामशरण बोहराले जानकारी दिनुभयो । साथै सञ्चार माध्यमलाई निर्वाचन आचारसंहिता परिपालनामा गम्भीर बन्न काउन्सिलले आग्रह पनि गरेको छ । स्थानीय तह निर्वाचनका सन्दर्भमा २०७८ चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागु भएको थियो । निर्वाचन आचारसंहिता लागू भएपश्चात् आयोगसँगको सम्झौताअनुसार काउन्सिलले देशभरका सञ्चार माध्यमहरूको अनुगमन गरिरहेको छ । सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्काल कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई समेत काउन्सिलले गराउँँदैआएको छ ।आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यममध्ये ४ वटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा २ सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएको भन्दै प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएको काउन्सिलले जनाएको छ । सोहीअनुसार २ वटा सञ्चारगृहले आगामी दिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाएको काउन्सिलले जनाएको छ । यसैगरी ६ पत्रपत्रिका, ३ रेडियो, ५ टेलिभिजन र १४ अनलाइन गरी २८ वटालाई आचारसंहिता कार्यान्वयनका लागि निर्देशन दिइएको उपप्रशासकीय अधिकृत बोहराले जानकारी दिनुभयो ।दुई वटा अनलाइनबाट निर्देशनपश्चात् पनि आचारसंहिता प्रतिकूल सामग्री पुनः सम्प्रेषण भएपछि सचेत गराइएको काउन्सिलले जनाएको छ । त्यस्तै ४ वटा सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराइएको बोहराले बताउनुभयो । आगामी दिनमा दल तथा उम्मेदवारबारेमा प्रचार प्रसारमा तीव्रता आउने हुँदा निर्वाचन सन्दर्भमा सूचना तथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पु¥याउन सञ्चार माध्यमलाई काउन्सिलले आग्रह गरेको छ । गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पु¥याउने गरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग रहन काउन्सिलले सबैमा आग्रह गरेको छ ।
पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको हो ।
सरकारले कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ ।
नेपाल नर्सिङ काउन्सिलले नर्स जिता बरालको नर्सिङ लाइसेन्स (नाम दर्ता प्रमाणपत्र) खारेज गरेको छ । मङ्गलबार बसेको बोर्डको बैठकले बरालको नर्सिङ लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो ।
कैलालीमा रहेको २३६ मतदान स्थलमध्ये ५२ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सर्लाहीमा १०३ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ।
सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै ती अधिकारीले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराउनुभएको छ ।