काठमाडौँ महानगरपालिकाका प्रमुख वलेन्द्र साहले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल भेटवार्ता गर्नुभएकाे छ । शनिबार विहान अध्यक्ष निवास खुमलटारमा उहाँले भेटवार्ता गर्नुभएकाे हाे ।
काठमाडौं, जेठ २१ गते । नेपालका विख्यात जात्राहरूमध्ये एक हो भोटोजात्रा । करुणामयको रथको खटजलमा उभी पुरानो रत्नजडित भोटो सर्वसाधारणलाई चारै दिशाबाट देखाएपछि यो वर्षको मछिन्द्ननाथको जात्रा समाप्त हुने गर्छ ।कर्काेटक नाग टौदहमा विराजमान हुनुहुन्छ भन्ने विश्वास छ । नागले आफ्नी श्रीमतीको आँखा सञ्चो गराउन वैद्य खोज्दै हिँड्नुभएको थियो रे ।” नाग मानिसको रूप धारण गरेर नागपोखरीबाट बाहिर निस्किएर वैद्यको खोजीमा हिँडे । डराएका किसानले आफ्नो शरीरबाट पसिना आएको मैलो मिचेर रानीको आँखामा लगाइदिए । त्यसले रानीको आँखा सञ्चो भयो । त्यसपछि नागराज खुसी भएर पत्थर र हिरामोतीहरु जडित अमूल्य भोटो उपहार दिए । भोटो बोकेर किसान फेरि धर्तीमा फर्किए । एकदिन किसान खेतमा काम गर्न भोटो लगाएर गए । त्यसपछि त्यहाँ भेला भएका मानिसहरुले जसले आफ्नो हो भन्ने प्रमाण जुटाउन सक्छ त्यसले भोटो लैजान पाउने भनेर मच्छिन्द्रनाथलाई चढाए । तर किसान र भूत दुबैले भोटो आफ्नै हो भन्ने प्रमाण जुटाउन सकेनन् । यसरी आजसम्म पनि हरेक वर्ष जात्राको अन्तिम दिन भोटो कसैको हो भने प्रमाण जुटाएर लिन भोटो चारै दिशामा देखाउने चलन रहेको जोशी बताउनुहुन्छ । प्राचीन कालको परम्परानुसार कुनै पनि विवादको निर्णय लिन गाह्रो परेमा झगडियाहरूलाई देवताको अगाडि राखी शपथ लिन लगाउने चलन छ । यसरी भोटो मछिन्द्नानाथकै जिम्मामा रह्यो र बर्षेनि त्यस भोटोको हकदार कोही भए अगाडि आओ भनी त्यसलाई प्रदर्शित गर्ने परम्परा प्रचलित भयो । यसरी यो भोटो जात्राको परम्पराले मध्यकालीन नेपालको न्याय व्यवस्थालाई झल्काएको जोशीको भनाइ छ ।
राममणि दाहाल हेटौँडा, जेठ २१ गते । मकवानपुर जिल्लाका पहिलो सगरमाथा आरोही विक्रम कार्की आफ्नै गाउँमा सम्मानित हुनुभएको छ ।पूर्वी मकवानपुरको बकैया गाउँपालिका ४ का कार्कीलाई बकैया गाउँपालिकाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी पालिकाको नाम उच्च बनाएको र प्रतिष्ठा बढाएको भन्दै शुक्रबार पालिकामा कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । पालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री र पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले नगद १० हजारसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्कीसहितको नौ जना नेपाली र एक जना भारतीय नागरिक गरी दस जनाको समूहले सगरमाथाको सफल आरोहण गरेका थिए ।लामो समयदेखिको सगरमाथाको चुचुरोमा पाइला राख्ने आफ्नो लामो समयदेखि इच्छा जेठ ७ गते शनिबार बिहान ११ः२२ मा पूरा भएको आरोही कार्कीले बताउनुभयो । आधार शिविरबाट हिँडेको चौथो दिनमा सगरमाथाको चुचुरोमा नेपालको झण्डासहित पुग्न सफल कार्कीले यसअघि आधा दर्जन हिमालको आरोहण गरिसक्नुभएको छ ।जेठ २ गते सगरमाथाको सर्वोच्च शिखरमा पाइला टेक्ने लक्ष्यसहित तयारी गरेर काठमाडौँबाट निस्किएको कार्कीको टोलीमा गएका दीपक महतको मृत्यु भएपछि आरोहण समय लम्बिएको थियो ।माउण्टेरिङ, रक क्लाम्बिङ, हिमालमा जोखिममा परेकाको उद्धार, क्यानोनिङ, प्राथमिक उपचार, स्किलगायतका प्रशिक्षण लिनुभएका कार्कीले गाइडको कामसँगै काठमाडौँमा ट्रेकिङ व्यवसाय गर्दै आउनुभएको छ ।
नेत्र शाही जुम्ला, जेठ २१ गते । तातोपानी गाउँपालिका १ स्थित रानीज्यूलोमा कुलो निर्माणपछि रोपाई सुचारु भएको छ । २०७८ कात्तिक महिनामा आएको बाढी पहिरोबाट रानीज्यूलोसहित तातोपानी र तिलाको भरीखोला क्षेत्रका सिँचाई कुलाहरु बगेपछि सिँचाई प्रभावित भएको थियो । अहिले केही कुलोहरु निर्माण गरेर रोपाई सुचारु गर्ने प्रयास गरिएको छ । तातोपानी १ अन्तरगत पर्ने रानीज्यूलो कुलो बाढीले बगाएको स्थानको आरसीसी गरेपछि सञ्चालनमा आएको छ । जिल्ला कृषि विकास कार्यालयको ७ लाख र स्थानीयको एक लाख रुपियाँ श्रमदानमा उक्त कुलो बाढीले बगाएको स्थानमा ४१ मिटर आरसीसी र अन्य काम गरेपछि पानी सुचारु भएर रोपाई भएको छ । कार्यालय प्रमुख गणेश अधिकारीका अनुसार विपतले बगाएको रानीज्यूलाको कुलोमा तत्कालका लागि प्रदेश सरकारको सहयोगबाट ४१ मीटर आईरसिसि, ४० वटा ग्याविन र अन्य काम गरेपछि रोपाई सुचारु भएको छ रानिज्यूलोमा करिब १५, १६ हेक्टर मार्सीधान फल्ने खेत रहेका स्थानीय उपभोक्ता समितिका अध्यक्ष कलबहादुर कठायतले बताउनुभयो । उहाँले विपतले धान रोप्न नपाइने हो की भन्ने थियो तर अव यो वर्ष जेनतेन पानी पु¥याउन कृषि विकास कार्यालयको कार्यक्रमले राहात दिएको बताउनुभयो । उहाँका अनुसार अव यो वर्ष रोपाई त हुन्छ तर नदिले धेरै कटान गरिसकेकाले ध्यान नदिएमा फेरि बगाउने डर उत्तिकै छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रदेश र सङ्घीय निर्वाचनमा पूर्ण समानुपातिक संसद र जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको पक्षमा आफ्ना एजेन्डा तयार गर्ने जनाएको छ ।
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ १९ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको अर्थतन्त्र संकटमा रहेको बताउनुभएको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिको बिहीबार राजधानीमा आयोजित आठौं परिषद् बैठकको उद्घाटन समारोहमा उहाँले बजारमा नेपाली पैसा हराएकोप्रति गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।“हिजोको तुलनामा पूँजीगत खर्च घटाइएको छ । जनतामा निराशा बाड्छौं कि आशा बाड्दैछौं ? नागरिकलाई भविष्यप्रति आशावादी बनाउन सक्नुपर्ने भन्नुहुँदै उहाँले यो शब्दबाट होइन, व्यवहार र नीति निर्माताको तहबाट हुनुपर्छ”, उहाँले बताउनुभयो ।लामो समयसम्म वित्तीय क्षेत्रबाट अपेक्षाकृत प्रतिफल आउन नसकेको उहाँको भनाइ छ । नेपालमा जति डलर विक्री हुन्छ, त्यति पैसा नेपाली बैंक र बजारमा आउनुपर्ने तर यो नआएको उहाँले बताउनुभयो । यसको कारण खोज्नुपर्ने भन्नुहुँदै उहाँले यस्ता विषयमा राष्ट्र बैंक मौन बस्न नहुने धारणा राख्नुभयो ।
नारद कोहारतौलिहवा, जेठ १९ गते । कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित भिक्षेचोकमा नमूना चौमुखे गेटको निर्माण कार्य शुरु गरिएको छ । हुलाकी बाटो विस्तार गर्ने क्रममा ४ महिना अघि तौलिहवास्थित प्रशासनचोक नजिकै रहेको विक्रम सम्वत २०१४ साल निर्मित महेन्द्र गेट भत्काइएपछि यो गेटको निर्माण शुरु गरिएको हो ।नमूना गेट निर्माणका लागि ४ वटा मध्ये ३ वटा पिलर खडा गर्न खाल्डो खनेर निर्माण कार्य थालिएको कपिलबस्तु नगरपालिकाका इन्जिनियर राजेश शैनीले बताउनुभयो । उहाँले भन्नुभयो “चार कुनामा चार वटा पिलर भएको सेमी सर्कुलर मोडेलको गेट निर्माण थालिएको हो ।”करिब ८३ लाख रुपियाँ लागतको नूमना गेटको निर्माणका लागि एमके मंगलदीप जेभी काठमाडौंसँग निर्माणका लागि सम्झौता भएर निर्माण कार्य केही शुरु भएको हो । हुलाकी बाटो निर्माणका क्रममा ऐतिहासिक महेन्द्रगेट भत्काउने कुरा थाहा पाएपछि नगरपालिकाले २ वर्षदेखि नै भिक्षुचोकमा नमूना गेट निर्माणका लागि प्रक्रिया थालिएको थियो । गेटको उचाई साढे ४ मिटर देखि ९ मिटरसम्म हुने नगरपालिकाका इन्जिनियर राजेश शैनीले बताउनुभयो । डिजाईन बुल्ड मेथडमा गेटको भित्र स्पाम साढे २८ मिटरको हुनेछ । गेटमा दिशा र ठाउँ देखाउने एलआइडी प्यानल समेत हुनेछ । गेट २०७९ साउन दोश्रो साता निर्माण सम्पन्न हुने योजना भए पनि सयममा काम नसकिने देखिएको छ ।नमूना गेट निर्माण भएपछि तौलिहवा बजारको समेत चिनारी फेरिने नगर प्रमुख सुदीप पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘चौमुखे नमूना गेट निर्माणले बुद्धनगरी तौलिहवा बजारको मुहार र चिनारी समेत फेरिनेछ ।’ ठेकेदार कम्पनीलाई समय मै काम सम्पन्न गर्न कडा निर्देशन दिइएको नगर प्रमुख पौडेलले बताउनुभयो । तौलिहवाको भिक्षु चोकमा गेट निर्माण गर्न खाल्टो खन्दै । तस्विर - नारद कोहार । तौलिहवा
शेरबहाुदर सार्कीबाजुरा, जेठ १९ गते । बाजुरा जिल्लाका नौ वटा स्थानीय तह मध्ये आठ स्थानीय तहमा जनप्रतिनिधिको आगमन भए पनि बूढीगङ्गा नगरपालिका जनप्रतिनिधि विहीन भएको छ । वैशाख ३० गते मतदान केन्द्रमा धाँधली भएको विषयमा मतगणना स्थगित गरिएपछि बूढीगङ्गा नगरपालिका जनप्रतिनिधि विहीन भएको हो । तर आठवटा स्थानीय तहमा जनप्रतिनिधिहरुले जनताको विश्वास नटुटाउने गरी विकासलाई पहिलो प्राथमिकतामा राखेका छन् ।बाजुराको स्वामिकार्तिक गाउँपालिकाको अध्यक्ष भरतबहादुर रोकायाले सो क्षेत्रमा फोर जी सहितको एनटिसीको टावर निर्माण गर्ने निर्णय गर्नुभएको छ ।बाजुराको छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट जिल्लालाई बेस बनाएर एक बुहप्राविधिक शिक्षालय खोल्ने, कृषि उत्पादन बढाउन कृषक पेन्सन, निःशुल्क एम्बुलेन्स सेवा दिने स्वामिकार्तिकको पहिलो बैठकमा निर्णय गर्नुभएको छ ।त्यसैगरी, बडिमालिका नगरपालिकाले प्रमुख अम्मरबहादुर खड्काले स्वास्थ्य, शिक्षा, खानेपानी, ढल निकास, डम्पिङ साइट व्यवस्थापनलाई पहिलो प्राथमिकता दिनुभएको छ ।बूढीनन्दा नगरपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि व्यरोजगारी जस्ता विषयलाई पहिलो प्राथमिकिता दिएको छ । नगर प्रमुख जनककुमार बोहराले नगरपालिकाको पहिलो बैठकमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, आधुनिक कृषि प्रणालील, जेष्ठ नगरिकलाई निःशुल्क उपचार तथा सामाजिक सुरक्षा भत्ता घरघरमै गएर दिने जस्ता निर्णय गर्नुभएको छ ।त्रिवेणी नगरपालिका, गौमुल छेडेदह, जगनाथ हिमाली गाउँपालिकाले पनि राजजारी, शिक्षा, खानेपानी, निःशुल्क स्वास्थ्य जस्ता विषयमा प्राथमिकता दिएको छ ।
काठमाडौँ, जेठ १९ गते । विश्वको सर्वोच्च शिखर सगरमाथाबाट शिव महापुराणको नेपाली र अङ्ग्रेजी अनुवाद ग्रन्थ अनावरण गरिएको छ । भगवान् शिवको बासस्थान हिमालयमध्येमा पनि सगरमाथा महत्वपूर्ण भएकाले त्यहाँबाट सार्वजनिक भएका दुवै ग्रन्थका लेखक डा बद्री पोखरेलले राससलाई जानकारी दिनुभयो । पोखरेलले दुवै पुस्तक संस्कृतबाट नेपाली र अङ्ग्रेजीमा अनुवाद गर्नुभएको हो । अङ्ग्रेजी शिवपुराण छुवाङ काल्देन शेर्पाले र नेपाली शिवपुराण लाक्पा डेन्डी शेर्पाले २०२२ मे १३ मा सगरमाथाको चुचुरोबाट अनावरण गर्नुभएको हो । अठार महापुराणमध्येको हिन्दूहरूको पवित्र ग्रन्थ सगरमाथाबाट अनावरण हुनु सुखद् सौभाग्यको विषय भएको बताइन्छ । अध्यात्मज्ञानमा आस्था र श्रद्धा भएकाका लागि यो अत्यन्त महत्वपूर्ण कार्य भएको जनाइएको छ । यो काम सम्पन्न गर्न थामसेर्कु टेक्रिङ एण्ड एक्स्पीडिसनका अध्यक्ष सोनाम शेर्पा, व्यवस्थापक अञ्जन राई र नीमा नोरु शेर्पाले सहयोग गर्नुभएको लेखक पोखरेलले बताउनुभयो । उहाँले १८ वटै पुराण नेपाली भाषामा अनुवाद गरिसकेको जानकारी पनि दिनुभयो ।
काठमाडौँ, जेठ १९ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ । यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उहाँको दाँहिने आँखाको शल्यक्रिया गरिएको हो । उहाँको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा.किरण शाक्यले गर्नुभएको हो । चिकित्सकको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहनुभएको छ ।
सन् २०१९ को अन्तिमबाट चीनको उहानबाट सुरु भएको कोरोना भाइसरको सङ्क्रमणदर विश्वबाटै विस्तारै कम हुँदै गएको तथ्यांकले देखाएको छ । र, नेपालमा पनि कोरोना पृष्टि हुनेको संख्यामा कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
जीवन्त र चरित्रसङ्गत अभिनय तथा सशक्त र प्रभावोत्पादक संवाद प्रवाहीकरणबाट मैथिली रङ्गमञ्चमा उपस्थिति जनाउने थोरैमात्र महिला कलाकारमा अग्रणी हुनुहुन्छ – अनितारानी मण्डल । रङ्गमञ्चमा महिलाको उपस्थिति न्यून भएका बेला पनि प्रभाव, पहुँच र निकटताका आधारमा अवसर पाउने दुर्नियतिकाबीच रङ्गकर्ममा मण्डलको प्रवेश प्रतिभा र क्षमतालाई निरन्तर तिर्खादै जाने मिहिनेतका कारण सम्भव भयो ।
प्रेमराज सिम्खडा कालिकोट, जेठ १९ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको मुल सडक कालोपत्रे गर्ने काम अलपत्र परेको छ । कर्णाली प्रदेश सरकारको लगानीमा नगरपालिका भित्रको मूल सडक शान्तिघाट सिपखाना सडक अन्र्तगत शान्तिघाटबाट वडिमालिकासम्मको १२ किलोमिटर सडक कालोपत्रे गर्न गएको पुसमा काम सुरु भएको थियो । निर्माण कम्पनीले स्र्काभेटरसहित ल्याएर काम सुरु भएको र सुरुमा साँघुरो सडकलाई फराकिलो गर्ने बताएको थियो । औपचारिक शिलान्यास भएको छ महिना पुग्दासम्म पनि कुनै पनि काम भएको छैन । निर्माण कम्पनीले काम गर्ने भन्दै अग्रिम भुक्तानी (पेश्की)वापत चार करोड ४० लाख भुक्तानी लिइसकेको पूर्वाधार विकास कार्यालय कालीकोटले जनाएको छ । कार्यालयका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले निमार्ण कम्पनीलाई यही जेठ ३ गते पत्राचार गरेर साईडमा आएर काम गर्न निर्देशन गरेको जानकारी दिनुभयो । निर्माण कम्पन्नी केएस शनिदेव जेभिले सडक कालोपत्रेका लागि २०७८ साल असार ३ गते ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले २५ करोड ५५ हजारमा सम्झौता गरेको थियो । ठेक्का सम्झौता भएको एक वर्ष पुग्दा सम्म एक प्रतिसत पनि माम भएको छैन ।
चाँदनी आचार्यघोडाघोडी (कैलाली), जेठ १९ गते । कैलालीस्थित इलाका प्रहरी कार्यालय सुखडबाट एक थुनुवा कैदी हतकडीसहित फरार भएका छन् । बुधबार स्वास्थ्य परीक्षण गरेर फर्किने क्रममा घोडाघोडी नगरपालिका २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिनुभएको छ ।१४ जेठमा पाण्डेसहित अन्य दुई जनालाई प्रहरीले आगूऔषधसहित पक्राउ गरेको थियो । उपचार गरेर फर्किने क्रममा फरार रहेका पाण्डेको खोजी जारी रहेको प्रहरी प्रमुख शाहीले बताउनुभयो ।
रेखीराम रानापाल्पा, जेठ १९ गते । जिल्लाको नौवटा पालिकामा कार्यपालिका बनेको छ । जिल्लाको तानसेन, रामपुर, माथागढी, निस्दी, पूर्वखोला, बगनासकाली, तिनाउ, रिब्दीकोट र रैनदेवी छहरा गाउँपालिकामा कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । जिल्लाको तानसेन नगरपालिकाको कार्यपालिकाका लागि ८ जना सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । योसँगै तानसेन नगरपालिकामा २४ जनाको कार्यपालिका बनेको छ । रामपुर नगरपालिकामा आठजना कार्यपालिका निर्वाचित भएपछि २० जनाको कार्यपालिका बनेको छ । तानसेनमा गठनबन्धनमा आबद्ध काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट उम्मेदवार बनेकाहरू कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा नेपाली काँग्रेसबाट लक्ष्मी नेपाल, सविता भट्टराई, पूजा रावल, दिनेश गन्धर्व र अनुराम दाम, नेकपा माओवादी केन्द्रबाट मञ्जु विक र लक्ष्मी विक तथा नेकपा एकीकृत समाजवादीका तर्फबाट सञ्जय घले रहनुभएको छ । २४ सदस्यीय कार्यपालिका रहेको तानसेन नगरपालिकामा नेपाली काँग्रेसबाट १७ जना, नेकपा माओवादी केन्द्रबाट दुई जना, नेकपा एमालेबाट चार जना र नेकपा एकीकृत समाजवादीबाट एक जना रहनुभएको छ । यस्तै, रामपुरमा काङ्ग्रेसको एकल बहुमत कार्यपालिका बनेको छ । निस्दी र पूर्वखोला, माथागढी र बगनासकालीमा एमालेका उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । यस्तै तिनाउ, रिब्दीकोट र रैनादेवी छहरामा गठबन्धनमा आबद्ध दलबाट उम्मेद्वार बनेकाहरू कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । जिल्लाको रम्भामा भने अहिलेसम्म कार्यपालिका सदस्यको निर्वाचन भएको छैन ।