नविन शाही सुर्खेत, जेठ १९ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तागठबन्धन दलहरुबीच प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुने बताउनुभएको छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधीलाई बधाई ज्ञापन गर्न सुर्खेत आउनुभएका नेता नेपालले पत्रकार सम्मलेनमा बोल्दै दलहरुबीच चुनावी समीक्षाबाट आत्मालोचना भएकाले आगामी निर्वाचनमा पनि तालमेल हुने बताउनुभएको हो । ‘अहिलेको गठबन्धनबीच सम्बन्ध रहिरहन्छ । यस बाहेकको गठबन्धन हुने विकल्प छैन ।’ अध्यक्ष नेपालले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच कहिँकतै असहयोग भए तर सम्बद्ध दलहरुले आत्मालोचना गर्नुभएको छ । त्यसैले पनि प्रदेश र संघको निर्वाचनमा तालमेल कायम रहन्छ ।’अध्यक्ष नेपालले गठबन्धन सरकारले जनभावनाअनुसारको नीति कार्यक्रम र बजेट ल्याएको बताउनुभयो । ‘संसद बन्द गरी बजेट ल्याएको भए चुनावी बजेट भन्न सकिन्थ्यो । यो चुनावी बजेट होइन । चुनावको बेला परेको बजेट हो ।’ अध्यक्ष नेपालले भन्नुभयो, ‘गठबन्धन सरकारले उठाएका कुरामा हामी उत्साहित छौं । सरकारले जनभावनालाई अधिकतम समेटेर नीति कार्यक्रम बजेट ल्याएको छ ।’स्थानीय तह निर्वाचनमा नेकपा एकिकृत समाजवादी पार्टीले गर्व गर्न लायक सफलता प्राप्त गरेको बताउनुभयो । ‘कतिपय स्थानमा योग्य, सक्षम, अनुभवी र लोकप्रिय व्यक्ति उम्मेदवार विजय भएकाले गर्व गर्न लायक सफलता प्राप्त भएको निष्कर्ष निकालेका छौं’ अध्यक्ष नेपालले भन्नुभयो, ‘निर्वाचित जनप्रतिनिधीले आफ्नो योग्यता र प्रभावकारिता देखाउँदै आफ्नो पालिकालाई नमूना पालिका बनाउन पार्टीले उहाँहरुलाई प्रशिक्षित र उत्प्रेरित बनाउने छ ।’स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह अस्पष्ट हुँदा मत बदर भएकाले आफ्नो पार्टीले धेरै सीट गुमाउनु परेको अध्यक्ष नेपालले बताउनुभयो ।
अनुमति र सहमति विना नेपालगञ्जको धम्बोझी चोकमा बिहीहबार विहानै स्वर्गीय राजा वीरेन्द्रको शालिक स्थापना गर्ने विषयमा प्रहरी र शालिक राख्नेबीच झडप भएको छ । राजा समर्थित नेपालगञ्जका युवाले एकाविहानै चोकमा शालिक स्थापना गरेपछि प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि चारैतिरबाट ढुंगा प्रहार गरिएको थियो ।
जिल्ला अदालत काठमाडौँले बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिनेगरी भएको अन्तरकालीन आदेश बदर गरेको छ ।
काठमाडौं, जेठ १८ गते । भक्तपुर जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका बुधबार सार्वजनिक भएको छ । भक्तपुर मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार जेठ १९ गते बिहीबार बिहान १० बजेदेखि १२ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। शुक्रबार बिहान १० बजे अपरान्ह ५ बजेसम्म मतदाता नामावली सच्याउने वा छुट नाम समावेश गर्न दरखास्त दिइनेछ । साँझ छ बजेसम्म संशोधित मतदाता नामावली प्रकाशन हुनेछ । जेठ २१ गते मतदाताको विरोधमा उजुरी दिने, २२ गते बिहान १० देखि ५ बजेसम्म मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने र साँझ छ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।२३ गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र साँझ छ बजे मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन हुनेछ ।२४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २५ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने र ५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । जेठ २६ गते उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । जेठ २८ गते बिहान १० देखि ५ बजेसम्म मतदान हुनेछ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारीले मतदान कार्य सम्पन्न भएपछि यथाशून्य मतगणना गरेर परिणाम घोषणा हुने बताउनुभएको छ ।
बुद्ध राई र आकार थापाको जोडी पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी बोसिया खेलकुद प्रतियोगिताको खुट्टाले खेल्ने मिक्स स्पर्धामा पहिलो हुनुभएको छ ।
गृहमन्त्री बालकृष्ण खाण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ ।
बन्दी सहायता नियोग (पाम) ले चार पटक ओलम्पिकमा सहभागिता जनाइ सक्नुभएकी अस्ट्रियाकी जुडो खेलाडी डा.सब्रिना फिल्जमोसरलाई बुधबार सम्मान गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाले गरेका राम्रा काममा सरकारको सहयोग रहने बताउनुभएको छ।
पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्त्रान आयोगले सुर्खेत कुनाथरीका नेपाल नागरिक समान (सिस नेपाल) का अध्यक्ष ओम प्रकाश घिमिरे र सामाजिक परिचालक यामलाल घिमिरेविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू प्रयासरत रहेको बताउनुभएको छ।
सामुदायिक वन दिवसको अवसर पारेर सामुदायिक वन उपभोक्ता महासंघले गोरखापत्रकर्मी चाँदनी हमाललाई सम्मान गरेको छ ।
काठमाडौं, जेठ १८ गते। प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ। आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ। सभामुख अग्निप्रसाद सापकोटाले थप छलफलका लागि बिहीबार बिहान ११ बजे बैठक बस्ने सदनलाई जानकारी गराउनुभएको हो। अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ। संघीय संसदका महासचिव डा. भरतराज गौतमले बिहीबारको सम्भावित कार्यसूची सार्वजनिक गर्नुहुँदै आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने उल्लेख गर्नुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जानु पाण्डेकपिलवस्तु, जेठ १८ गते । कपिलवस्तुको वाणगंगा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाराजगन्ज नगरपालिका २ पडेरीयाका १० वर्षीय बालक अहमद रजा रहेका छन् । नदीमा नुहाउन गएकोबेला रजाको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहले बताउनुभयो । मृतक वालकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।