बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेमप्रसाद भुसाल रहेका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को दोस्रो कार्यसमितिको बैठक स्थगित भएको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो ।
सरकारले जयनगर–जनकपुर कुर्था रेल सेवा सञ्चालनमा आएपछि थप सेवा विस्तारको तयारी सुरु गरिएको छ । सम्भवतः साउन ३० गते देखि रेलको थप सेवा विस्तारको सुरुवात गर्ने गरी तयारी थालिएको जनाएको छ ।
फुकोट–कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो । प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय चाँडै गरिने आयोजनाका प्रमुख हीरामन वाइबाले जानकारी दिनुभयो । “स्थानीयलाई सेयर दिने निर्णय गरिएको छ, प्रभावित क्षेत्रकालाई मात्र दिने कि जिल्लाभरकालाई दिने भन्ने निर्णय भएको छैन ।” आगामी वर्षदेखि निर्माण थालिने सो आयोजनाका सरकारले लगानी जुटाउने प्रयास गरिरहेको वाइबाले बताउनुभयो ।
संसदीय छानविन समितिले बोलाएपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बिहीबार बिहान समिति समक्ष वयान दिनुभएको छ । अर्थमन्त्रालयले तयारी गरेको बजेटको अन्तिम चरणमा अनधिकृत व्यक्तिको प्रवेश गरेर बजेट हेरफेर गरेको आरोप लागेपछि उहाँ माथि छानविन सुरु भएको छ ।
सरकारले ढुवानी खर्च बेहोरेपछि पहाडी क्षेत्रमा आयोडिनयुक्त नुनको माग बढ्दै गएको छ । नेपाल सरकारको कण्ठरोग नियन्त्रण कार्यक्रमअन्तर्गत आयोडिनयुक्त नुनको ढुवानी खर्च सरकारले बेहोरेपछि आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।
एक जना व्यङ्ग्यकारको कविता पत्रिकामा पढेपछि नेताजीको एक्कासि पारा चढ्यो उनले उत्निखेरै फोन गरेर व्यङ्ग्यकारको सातो खाए– “कोही नपाएर मलाईं तपाईंले
हरे, कति गारो रहेछ अमेरिकामा ! नेपालमा बस्नेहरूले हेर्दा छोराछोरीलाई अमेरिका पठाएपछि त आकाशबाटै बर्सन्छ भन्ठान्छन् । यहाँ भने हेर कस्तो ! बेलुका एघाह्र बजेसम्म काम गर्दा पुग्ने ठाउँमा रातको एक बजिसक्दा पनि घर फर्केकी होइन । छोरीलाई कति गाह्रो !
बोर भएको बेला ट्रान्सपर्थको बसलाई दुई डलर तिरेर हामी रेड क्लिफबाट बेलमोन्ट फोरम पुग्थ्यौँ– बहाना हुन्थ्यो सस्तोमा बस यात्रा, हिँड्दै गरेको बसबाट बाहिरको सुन्दर दृश्य । सस्तोमा बस यात्रा गर्न पाएकोमा म निकै खुसी हुन्थेँ; मीना म्याम जाँदा दुई आउँदा दुई गरेर चार डलर खर्च गर्न परेकोमा रिसाउनु हुन्थ्यो । भन्नु हुन्थ्यो,’ सधैँ किन जानुप¥यो घुम्न ? कसरी पुग्छ ?’ कसरी पुग्छ ? यो बडो जटिल प्रश्न हो । कोसँग होला र यसको उत्तर ? धेरै भयो मेरो मौन शक्तिले उहाँसँग कुनै प्रतिवाद गर्ने इजाजत दिन छोडेको ।
शब्द ओकल्न कविलाई आज सखारै समयले ओकली दिएछ । एक्लो कवि, आफ्नै शøयामा छटपटिँदै अहोरात्र बिहानीपख एक्कासि कविता बनेर कहिल्यै नब्युँतने निद्रा सुतेछ
कवि गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’मा आधारित रहेर रङ्गकर्मी अशेष मल्लको निर्देशन तथा परिकल्पनामा गीति नाटक ‘सपना अनेक–अनेक’ आजदेखि कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुँदै छ । सर्वनामले पहिलो पटक गीति नाटक प्रस्तुत गर्न लागेको हो । विदेश पुग्ने सपना बुन्नेहरू, विदेशको माटोमा पुगे पनि आफ्नै देशको यादले रात–दिन तड्पिरहेकाहरूको कथा नाटकमा देख्न पाइनेछ । नाटकमा देशको माटोलाई आमाको विम्बका रूपमा प्रयोग गरिएको छ ।
रुस र इरान द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् । दुवै देशका राष्ट्रपतिबीच मङ्गलबार यहाँ भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार अहिलेसम्म देशभर ६० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । गत वर्ष यो बेलासम्म ९० प्रतिशतको हाराहारीसम्म रोपाइँ भएका थियो । यसपालि रोपाइँ किन ढिलो भयो भन्ने प्रश्नमा कृषि विभागका महानिर्देशक डा. रेवतीरमण पौडेल मुख्य कारण सिँचाइ (पानी)को अभाव बताउनुहुन्छ ।
नेपाल–चीन संयुक्त सीमा अनुगमन छिट्टै हुने भएको छ । केही दिनअघि बसेको सीमासम्बन्धी दुईदेशीय परामर्श संयन्त्रको बैठकमा संयुक्त सीमा अनुगमन गर्ने विषयमा सहमति भएको थियो । त्यसका लागि निकट भविष्यमै सीमा अनुगमन सुरु हुने भएको छ । तर कसरी गर्ने ? कसकसको सहभागिता रहने भन्ने ढाँचा तयार गर्न बाँकी थियो । परराष्ट्र प्रवक्ता सेवा लम्सालले अनुगमनको ढाँचा तयार पारेर चीनसँग संयुक्त सीमा अनुगमन छिट्टै हुने बताउनुभयो । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “लामो समय भयो, दुई देशबीचको सीमा अनुगमन नभएको; त्यसैले पनि यो हुन लागेको हो ।”
उत्तरी हुम्लाका लामा समुदायबाहेक अन्य जातिका अविवाहित युवतीले लगाउने दौउडा लोप हुने अवस्थामा पुगेको छ । पछिल्लो पुस्ताका युवती सबै आधुनिक कुर्ता सलवार लगाउने र दौउडा कसैले नलगाउने भएपछि यो पोसाक लोप हुने अवस्थामा पुगेको हो ।