• १३ साउन २०८१, आइतबार

छानविन समितिसँग पूर्वअर्थमन्त्री शर्माले दिनुभयाे बयान

blog

काठमाडौं, साउन ५ गते। संसदीय छानबिन समितिले बोलाएपछि निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बिहीबार समिति बैठकमा उपस्थित भएर समिति सदस्यले सोधेका प्रश्नको जवाफ  दिनुभएको छ।

अर्थ मन्त्रालयले तयारी गरेको बजेटको अन्तिम चरणमा अनाधिकृत व्यक्ति प्रवेश गरेर बजेट हेरफेर गरेको आरोप लागेपछि उहाँमाथि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सोधपुछका लागि बिहीबार उहाँलाई बोलाएको थियो। 

समितिलाई बयान दिने क्रममा शर्माले अनाधिकृत व्यक्तिको प्रवेश अर्थ मन्त्रालयमा नभएको जिकिर गर्नुभएको छ। १० दिन समय पाएको समितिले डिलिट भएका फुटेज रिकभर गरेर हेर्न समय लाग्ने भन्दै थप एक साता समय माग गरेको छ। 

निवर्तमान अर्थमन्त्री शर्माले छानबिनका लागि समिति गठन भए लगत्तै प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै असार २२ गते मन्त्री पदबाट राजीनामा दिनुभएको थियो।