अन्तर्राष्ट्रिय युवा दिवस’ नेपालमा पनि भव्यरुपमा मनाइने भएको छ । साउन २७ गते सो दिवस मनाउन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । युवाहरुलाई देश र जनताप्रति जवाफदेही हुनेगरी काम गर्न प्रेरित गर्ने उद्देश्यकासाथ सो अन्तर्राष्ट्रिय दिवस मनाउन बिहीबार सो मूल समारोह समिति गठन गरिएको मन्त्री गहतराजले बताउनुभयो ।
पछिल्लो एक साता निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचकमा बिहीबार सामान्य अङ्कले गिरावट आएको छ।
हुुम्ला साउन ५ गते । अति विपन्न परिवारलाई जस्तापाता सहयोग गरिएको छ । घर भएका तर जस्तापाताले छाउन नसक्ने नागरिकलाई सुरक्षित नागरिक आवास कार्यक्रममार्फत जस्तापाता वितरण गरिएको हो ।खार्पुनाथ गाउँपालिका-५ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता भरतजङ्ग शाहीले पाँच वटै वडाका ३५ घरधुुरीलाई जस्तापाता वितरण गरिएको बताउनुुभयो । गाउँपालिकाका ३५ घरधुरीलाई १६ थानका दरले जस्तापाता वितरण गरिएको हो । जस्तापाता किन्न नसकेर घाँस र परालले छाएका घरमा हरेक वर्ष आगलागी हुँदै आएको छ । आगलागीबाट बस्ती जोगाउन जस्तापाता विरण गरिएको प्रवक्ता शाहीको भनाइ छ ।
नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशङ्का गर्नुभएको छ ।
चेक बाउन्स मुद्दामा कनकाई नगरपालिका ४ का दिलकुमार कार्कीलाई बिहीवार इलाका प्रहरी कार्यालय सुरुङ्गाले पक्राउ गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक जारी छ । काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशाको विषयमा राजनीतिक प्रतिवेदन पेश गर्नुभएको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
पश्चिम नेपालमै सबैभन्दा बढी राजस्व सङ्कलन गर्दैआएको नेपालगञ्ज भन्सार कार्यालयले धेरै वर्षपछि पहिलो पटक लक्ष्यभन्दा निकै कम राजस्व संकलन गरेको छ ।
सांसद ज्ञवालीले शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीको पाठ्यपुस्तक पुर्याउन नसक्नु लज्जास्पद भएको बताउनुभयो ।
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीसँग जोडिने सडक सञ्जालहरु लगातारको वर्षाले गर्दा हिलाम्मे हुँदा यात्रामा सर्वसाधारणलाई जोखिम एवम् सास्ती भएको छ ।
काठमाडौं, साउन ५ गते । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा अभिनित फिल्म 'लाइगर'को ट्रलेर सार्वजनिक भएको छ । दक्षिण भारतीय फिल्म 'डियर कमरेड'बाट चर्चा बटुलेका विजयको यो डेब्यू बलिउड फिल्म हो ।फिल्मकी मुख्य अभिनेत्री अनन्या पाण्डे विजयकी प्रेमिकाको भूमिकामा देख्न सकिन्छ । दुई मिनेटको ट्रेलरमा देवरकोन्डालाई बक्सरको भूमिकामा देखाइएको छ । त्यसैगरी, फिल्ममा रम्या कृष्ण विजय देवरकोन्डाकी आमाको भूमिका देखिएका छन् । फिल्म करण जोहरको प्रोडक्सन हाउस धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । पुरी जगन्नाथले निर्देशन गर्नुभएको यो फिल्म २५ अगस्ट अर्थात् भदौ ९ गते प्रदर्शनमा आउने बताइएको छ ।
नेपाल चिकित्सक सङ्घले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ कार्यान्वयन गर्न सबै सरोकारवाला निकायहरु एकजुट हुनुपर्ने बताएको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठकमा सभामुखले संसदीय छानबिन विशेष समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन कठिनाइ भइरहेको बताउनुभएको छ ।
ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेस्पोन्स टिमले पाँच वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ ।
नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्व अर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानबिन समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको बताउनुभएको छ।