पोखरामा एक बैंकको एटिएम मेसिन फोरेर रु १५ लाख चोरी भएको छ। पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ।
काठमाडौं, साउन ५ गते। राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिनुभयो। उहाँले नतिजामा प्राविधिकरुपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरण रुजु गर्ने कार्यलाई कडाइका साथ निगरानी गरिरहेको उहाँले बताउनुभयो। अध्यक्ष डा. शर्माले भन्नुभयो, “विगतमा नतिजा सार्वजनिक भएपछि कहिले जन्म मिति, कहिले अङ्क, त कहिले के मिस्टेक भयो भन्दै सच्याउन आउनेको भीड हुन्थ्यो, त्यसलाई मध्यनजर गर्दै बरु केही दिन नतिजा ढिला होस् तर नतिजा सार्वजनिक भएपछि सकेसम्म विद्यार्थीले विभिन्न विवरण सच्याउन फेरी धाउन नपरोस् भनेर यस पटक अलि कडाइका साथ विवरण रुजु गर्ने कार्य भइरहेको छ।” उहाँले सबै विवरण रुजु गरेर अन्तिम पटक पुनः जाँच गरेपछि आउँदो साताको सुरुमै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउनुभयो। स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको उहाँको भनाइ छ। शिक्षाका कर्मचारीदेखि उत्तर पुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक शिक्षिका निर्वाचनमा खटिएकाले उत्तर पुस्तिका परीक्षणमा पनि केही ढिला हुँदा नतिजा सार्वजनिक गर्न पनि केही दिन ढिलाइ हुन गएको उहाँको भनाइ छ। डा. शर्माले भन्नुभयो, “हाम्रो लक्ष्यभन्दा केही दिन नतिजा ढिलो भए पनि शैक्षिक सत्रलाई असर पर्ने गरी ढिला हुँदैन, हामी नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमै छौँ, आउँदो साताको सुरुमै नतिजा सार्वजनिक गर्ने तयारीमा छौँ।”एसईई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताउँदै कुनै समस्या नआए १० गतेभित्र र अन्यथा १२ गतेसम्म नतिजा सार्वजनिक गर्छौ।” अहिले उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न गरी सम्परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले कम्प्युटरमा इन्ट्री गर्ने, रुजु गर्नेलगायत काम भइरहेको जानकारी दिनुभयो।कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यसवर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिनुभयो। बोर्डले ६१ विषयमा परीक्षा सञ्चालन भएको थियो।रासस
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रक्षिण प्रतिष्ठान ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गर्नुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ र प्रतिपक्षी सांसदहरूले एसपीपीको अवस्थाका विषयमा जानकारी माग गर्नुभएपछि सभामुख सापकोटाले सो रुलिङ गर्नुभएको हो ।
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको संविधानले निर्दिष्ट गरेको अधिकार कार्यान्वयन र पार्टीको कार्यदिशाअनुरुप समाजवाद उन्मुख कार्यमा लाग्न पार्टी पङ्तिलाई आह्वान गर्नुभएको छ । पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा उहाँले सो आह्वान गर्नुभएको हो ।
काठमाडौं, साउन ५ गते। संसदीय छानविन विशेष समितिको समयअवधि सात दिन थप गरिएको छ। बिहीबारको प्रतिनिधिसभाको बैठकले समितिको समयावधि सात दिन थप्ने निर्णय सर्वसम्मतले स्वीकृत गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिम समितिको कार्यविधि थपसम्बन्धी प्रस्तावमा सात दिनका लागि थप गर्ने प्रस्ताव पेश गर्नुभएको थियो। सभामुखको समयावधि थप गर्ने प्रस्ताव बैठकले सहमति जनाएको थियो। रासस
गोकुल पराजुली विराटनगर, साउन ५ गते। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आवश्यक पर्दा सरकारमा रहेर पनि आन्दोलन गर्ने बताउनुभएको छ। पहिचान झल्किने नाम राख्न माग गर्दै ज्ञापन पत्र बुझाउन पुगेको टोलीलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राईले क्रान्तिकारी भएको नाताले पहिचानको पक्षमा आफू प्रष्ट रहेको बताउनुभएको हो। आफूले जनताको मागलाई सम्बोधन हुने र शान्तिका लागि पहिचान जोड्नुपर्ने कुरा गर्दा कसैले भड्काउन खोजेको आरोप लगाए त्यसलाई सामान्य अर्थमा लिने मुख्यमन्त्री राईले बताउनुभयो। ‘‘मैले शान्तिका कुरा गर्दा अपव्याख्या भइरहेको छ। पहिचान दिँदा शान्ति हुन्छ, नदिँदा आन्दोलन हुन्छन्। आन्दोलनको कुनै सीमा र अवधि हुँदैन। त्यसो भन्दा मुख्यमन्त्रीले नै आन्दोलनका लागि भड्कायो भन्ने विषय आएको छ। यसमा मलाई कुनै चिन्ता छैन। म एउटा परिवर्तनकारी, क्रान्तिकारी हुँ,’’ राईले भन्नुभयो, ‘‘२०६२÷०६३ को आन्दोलन पनि अधुरो छ। अधुरो क्रान्तिलाई पुरा गर्नका लागि म सडकबाट पनि र सरकारमा बसेर पनि परेको बेला आन्दोलन गर्न सक्छु।’’पहिचान नभएको नामलाई ‘नेगेटिभ’को संज्ञा दिँदै उहाँले पहिचान सहितको नाम नआउने अवस्था बनेमा प्रदेशसभाको यो कार्यकालमा प्रदेशले नाम नपाउन सक्ने उहाँको भनाइ छ। ‘‘अहिलेकै संसदबाट नाम ल्याउनुपर्छ भन्ने छ र ? अर्को संसदले ल्याउँछ। यो कुरा लुकाउनु पर्ने छैन। त्योसम्मको भूमिका मेरो रहन्छ,’’ उहाँले भन्नुभयो। प्रदेश नामकरणमा किरात लिम्बुवान जोड्दा केही फरक नपर्ने मुख्यमन्त्रीको भनाइ थियो। उहाँले विद्यमान कानुन र संविधानका कतिपय प्रावधान संशोधन गर्नुपर्ने माग भइरहेकोले जस्ताको त्यस्तै स्वीकार्न पर्छ भन्ने नभएकोसमेत बताउनुभयो। ‘‘अहिलेको कानुन, संविधान तथा राज्यका संरचना पनि परिवर्तन गर्नु जरुरी छ,’’ उहाँले भन्नुभयो, ‘‘अहिलेको जस्ताको तस्तै स्वीकार्न जरुरी छैन। यो विषयमा सबैले भन्दा हुन्छ, ठूलाठूला अक्षरमा लेखिदिँदा हुन्छ, मलाई केही फरक पर्दैन। म गल्ती नगर्ने नडराउने मान्छे हुँ।’’बिहीबार किरात–लिम्बुवान नाम राख्न माग गर्दै विभिन्न ३२ वटा संघसंस्थाको आह्वानमा विराटनगरमा जनप्रदर्शन भएको थियो। उनीहरुले विराटनगरमा प्रदर्शन गर्नुका साथै मुख्यमन्त्रीको कार्यालय र प्रदेशसभा घेराउ गरेर देवकोटा चोकमा कोणसभासमेत आयोजना गरेका थिए। लिम्बुवान किरात संघर्ष समितिका संयोजक प्रेम याम्थुमले नामकरण गर्दा किरात–लिम्बुवान समावेश नगरिए छुट्टै (८ औं) प्रदेशको माग गर्दै आन्दोलन चर्काउने चेतावनी दिनुभयो। आन्दोलनका क्रममा कहिल्यै नआएको कोशी र सगरमाथाको विषयमा संसदमा बहस गर्नुको औचित्य नभएको उहाँको भनाइ छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशन तयारी पूरा भएको छ । साउन ७ गतेदेखि ललितपुरको गोदबरीस्थित सनराइज सभाहलमा हुने महाधिवेशनको तयारी पूरा भएको जिफन्टले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गको चन्द्रौटाबाट कृष्णनगर नाका जोड्ने सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७५ साल माघबाट निर्माण सुरु कार्य भएको चन्द्रौटा–कृष्णनगर चार लेन सडक ८० प्रतिशत काम पूरा भएको निर्माण कम्पनीले जनाएको छ ।
काठमाडौं, साउन ५ गते। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को दोस्रो कार्यसमिति बैठक एजेन्डामा प्रवेश नगरी पुनःस्थगित भएको छ। एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र अरू पदाधिकारीबीच असहमति भएपछि बैठक स्थगित गरिएको हो। यसअघि सोमबार बस्ने भनिएको उक्त बैठक एन्फा अध्यक्ष नेम्वाङ बिरामी भएको कारण स्थगित भएको थियो।एन्फा अध्यक्षले सबैलाई हाजिरी गरेर बैठक सञ्चालन हुने जानकारी दिएसँगै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य पदाधिकारी र सदस्यले उपस्थितिमा दस्तखत नगरेपछि बैठक एजेण्डामा प्रवेश नगरी अध्यक्ष नेम्वाङले बैठक स्थगित भएको जानकारी गराउनुभएको थियो। बैठक स्थगित भएपछि कार्यसमितिको पहिलो बैठकले नियुक्त गरेको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई विधानविपरीत नियुक्ति गरेको भन्दै तत्काल बरर्खास्त गर्न वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजङग शाही र दीपक खतिवडासहित १२ जनाले निवेदन दर्ता गर्नुभएको थियो। बैठकले एन्फा प्रवक्ता, प्रमुख कार्यकारी अधिकृत, तीन सहमाहसचिव नियुक्ति एवं महिला साफ च्याम्पियनसिपलगायतको विषयमा निर्णय लिने बताइएको थियो।
काठमाडौं, साउन ५ गते । पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१७ जना पीसीआर र ११८ जनामा एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो । २४ घण्टामा १६ सय ६७ पीसीआर र १९०२ जनाको एन्टिजेन गरेर कुल तीन हजार पाँच सय ६९ जनामा परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा मृत्यु भने शून्य रहेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २५ सय ३७ पुगेको छ । पछिल्ला दिनमा संक्रमण बढ्दै गएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
नेकपा (एकीकृत समाजवादी) का सांसद एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकको राष्ट्रियतामाथि गम्भीर खतरा मडारिरहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभयो ।
काठमाडौं, साउन ५ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रदेश सरकारको आवश्यक्ता नभएको बताउनुभएको छ। बलियो केन्द्रीय सरकार र स्थानीय सरकारलाई बढी अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष थापाले प्रदेश सरकारको आवश्यक्ता नरहेको बताउनुभएको हो। बिहीबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको उल्लेख गर्नुभयो। अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले पनि अब समानुपातिक निर्वाचन प्रणालीमा जानु उपयुक्त हुनेतर्क अध्यक्ष थापाको छ। उहाँले भन्नुभयो, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्दछ। संघीयताको वर्तमान स्वरुपलाई आमूल परिवर्तन गरेर केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बढी अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई वटा तहको संघीय स्वरुप कायम गर्न उपयुक्त हुन्छ। प्रदेश सरकारको आवश्यक्ता छैन भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता रहेको छ।’अध्यक्ष थापाले राष्ट्रवादी शक्तिबीचको बलियो एकताबाट मात्रै मुलुकको समृद्धि र विकास सम्भव हुने बताउनुभयो। उहाँले आफ्नो पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दाबीसमेत गनुभयो।
काठमाडौं,साउन ५ गते। नेपाल डेन्टल साइन्स हाइजीनिस्ट एसोसिएसनका प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई भेटेर तीन बुँदे मागपत्र पेश गरेका छन्। एसोसिएसन अध्यक्ष माइकल देवकोटासहितको टोलीले राज्यमन्त्री केसीलाई भेटेर मागपत्र पेश गरेका हुन्। संघले दैनिक प्रयोग हुने दन्त मन्जन र ब्रसको गुणस्तर यसको अनुगमन हुनुपर्ने, डेन्टलमा प्रयोग हुने औषधि डेन्टल कच्चापदार्थको गुणस्तर र अनुगमन व्यवस्थापन हुनुपर्ने माग गरेको छ।दाँतमा प्रयोग हुने औषधिजन्य वस्तुको गुणस्तर र अनुगमन हुनुपर्ने माग राखिएको संघका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै काठमाडौंमा विद्यार्थीले प्रदर्शन जारी राखेका छन् । सत्ता गठबन्धन दलहरु निकट भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल क्रान्तीकारी केन्द्रीय कमिटी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन लगायतका संयुक्त विद्यार्थी संगठनले अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन जारी राखेका हुन् ।