• ९ मंसिर २०८१, आइतबार

गभर्नरको राजीनामा माग गर्दै विरोध प्रदर्शन

blog

तस्विर : केशव गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ५ गते । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै काठमाडौंमा विद्यार्थीले प्रदर्शन जारी राखेका छन् । सत्ता गठबन्धन दलहरु निकट भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल क्रान्तीकारी केन्द्रीय कमिटी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन लगायतका संयुक्त विद्यार्थी संगठनले अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन जारी राखेका हुन् । 

बिहीबार पनि काठमाडौंको माइतीघर मण्डलामा विभिन्न ब्यानर, कार्टुन प्रदर्शन र नाराबाजी गर्दै विद्यार्थीले अधिकारीको राजीनामा माग गरेका छन् । नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पस समन्वय समितिका संयोजक परोपकार अधिकारीले विरोध प्रदर्शन राजधानीमा निरन्तर जारी रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “विद्यार्थीको संयुक्त आन्दोलन हो । यसमा गठबन्धनसहित अरु विद्यार्थी पनि छन् । अधिकारी बर्खास्त नभएसम्म वा उहाँले राजीनामा नदिएसम्म आन्दोलन निरन्तर जारी रहनेछ ।”