• १३ साउन २०८१, आइतबार

प्रदेश सरकारको आवश्यकता छैन : कमल थापा

blog

फाइल तस्बिर

काठमाडौं, साउन ५ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रदेश सरकारको आवश्यक्ता नभएको बताउनुभएको छ। बलियो केन्द्रीय सरकार र स्थानीय सरकारलाई बढी अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष थापाले प्रदेश सरकारको आवश्यक्ता नरहेको बताउनुभएको हो। 

बिहीबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको उल्लेख गर्नुभयो। अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले पनि अब समानुपातिक निर्वाचन प्रणालीमा जानु उपयुक्त हुनेतर्क अध्यक्ष थापाको छ। उहाँले भन्नुभयो, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्दछ। संघीयताको वर्तमान स्वरुपलाई आमूल परिवर्तन गरेर केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बढी अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई वटा तहको संघीय स्वरुप कायम गर्न उपयुक्त हुन्छ। प्रदेश सरकारको आवश्यक्ता छैन भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता रहेको छ।’

अध्यक्ष थापाले राष्ट्रवादी शक्तिबीचको बलियो एकताबाट मात्रै मुलुकको समृद्धि र विकास सम्भव हुने बताउनुभयो। उहाँले आफ्नो पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दाबीसमेत गनुभयो।