• १३ साउन २०८१, आइतबार

संसदीय समितिले सोधेको सबै प्रश्नको जवाफ दिएको छु : जनार्दन शर्मा

blog

छानबिन समितिलाई जवाफ दिनुभएपछि पत्रकारसँग कुरा गर्नुहुँदै निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा ।

काठमाडौं, साउन ५ गते। नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्व अर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानबिन समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको बताउनुभएको छ।

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोपबारे सोधेका सबै प्रश्नको जवाफ दिएको उहाँको भनाइ छ।

बिहीबारको समिति बैठकमा समिति सदस्यले सोधेका सबै प्रश्नको जवाफ दिएको र यसको निचोड समितिले नै गर्ने उहाँले बताउनुभयो। छानबिन समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग बिहीबार सोधपुछ गरेको हो। 

शर्मामाथि २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप छ। समितिले बुधबारको बैठकमा अर्थमन्त्री र अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोस्ट् दैनिकमा कार्यरत पत्रकार सुरेन्द्र  काफ्ले र ममता थापासँग सोधपुछ गरेको थियो।