• १६ भदौ २०८१, आइतबार

'लाइगर'को ट्रलेर सार्वजनिक

blog

काठमाडौं, साउन ५ गते । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा अभिनित फिल्म 'लाइगर'को ट्रलेर सार्वजनिक भएको छ । दक्षिण भारतीय फिल्म 'डियर कमरेड'बाट चर्चा बटुलेका विजयको यो डेब्यू बलिउड फिल्म हो ।

फिल्मकी मुख्य अभिनेत्री अनन्या पाण्डे विजयकी प्रेमिकाको भूमिकामा देख्न सकिन्छ । 

दुई मिनेटको ट्रेलरमा देवरकोन्डालाई बक्सरको भूमिकामा देखाइएको छ । त्यसैगरी, फिल्ममा रम्या कृष्ण विजय देवरकोन्डाकी आमाको भूमिका देखिएका छन् । 

फिल्म करण जोहरको प्रोडक्सन हाउस धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । पुरी जगन्नाथले निर्देशन गर्नुभएको यो फिल्म २५ अगस्ट अर्थात् भदौ ९ गते प्रदर्शनमा आउने बताइएको छ ।