नेपालीको दोस्रो महान् चाड तिहार हाम्रा घरआँगनमा भित्रिइसकेको छ। तिहारका पाँच दिनलाई प्रकृति र मानवबीचको अन्तरसम्बन्ध उजागर गर्ने पर्वका रूपमा पनि लिइन्छ। धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना यो पर्वको खास विशेषता हो। दिदी–भाइको अटुट प्रेमको चाडका रूपमा यसको नेपाली समाजमा निकै महत्वपूर्ण स्थान छ। मानव जीवन उपयोगी पशुपन्छी काग, कुकुर, गाई, गोरुका साथै प्रकृत्तिप्रदत्त गोवद्र्धन पर्वत (डाँडाकाँ
संविधान जारी भएपछिको सङ्घीय संसद्को चुनाव दोस्रो पटक हुन गइरहेको छ। कम्तीमा पनि चार÷पाँच पटक चुनाव नभएसम्म यो संविधानले उद्देश्यबमोजिमको सही दिशा लिन सक्दैन। संसारमा लोकतान्त्रिक पद्धति भएका मुलुकमा संविधान जारी भएपछि केही वर्ष त संविधानका बारेमा नै अन्योलजस्तो भई व्याख्या र संशोधनको आवश्यकता परेको देखिन्छ। चाहे त्यो अमेरिकी संविधान होस् वा भारतीय संविधान नै
शारदा नगरपालिका श्रीनगरका पुष्प व्यवसायीहरू हिजोआज फूल टिप्न र माला उन्नमा व्यस्त छन् । तिहार लागेसँगै बगैँचामा रहेको फूल विक्री गर्न यहाँका किसानहरू व्यस्त छन् ।
आउँदो मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुन गइरहेको छ। सबै राजनीतिक दलले उम्मेदवारी घोषणा गरी चुनावी अभियान तीव्र बनाएका छन्। नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनले आपसी सहमतिबाट १६५ वटै सङ्घीय निर्वाचन क्षेत्र र प्रदेश सभामा आ–आफ्ना उम्मेदवार चयन गरिसकेका छन्।
विश्व बजारमा नै ब्याजदर बढेको हुँदा नेपालमा पनि वाणिज्य बैङ्कले ब्याजदर बढाएका छन् र बढाउनु हुन्छ हुंँदैन भन्ने विषयमा बहस प्रारम्भ भएको छ। नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएको परिवर्तनलाई दृष्टिगत गरी बैङ्क ब्याजदर बढ्ने सङ्केत गरेको थियो। सोही आधारमा अहिले बैङ्कले ब्याजदर बढाएका छन् र निक्षेपमा क्रमिक रूपले वृद्धि पनि भएको देखिन्छ।
स्थानीय तहको निर्वाचन सम्पन्न गरी मुलुक यतिबेला प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएको छ। स्थानीय तहको वडामा दुई महिलामध्ये एक जना दलित महिला हुनुपर्ने व्यवस्थाअनुसार छ हजार ६२० जना दलित महिला निर्वाचित भएका छन्। ११ जना दलित महिला नगरपालिका/गाउँपालिका उपप्रमुखमा निर्वाचित भएका छन्। हरेक वडामा दलित महिलाको प्रति
तिहारका अवसरमा पोखरामा मात्रै दुई करोड ५० लाख रुपियाँको फूल तथा माला बिक्री हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसियसन, कास्कीका अनुसार यो पटक तिहारलाई लक्षित गरेर दुई लाख फूलका बेर्ना रोपिएको छ ।
सुदूरपश्चिममा दलित समुदायबाट मुस्किलले प्रत्यक्षमा उम्मेदवार हुने प्रचलन रहेकोमा यस पटक भने दुई जना नेताहरू प्रदेश सभातर्फ बाजुरा र बझाङबाट चुनावी मैदानमा हुनुहुन्छ ।
फूल खेती र व्यवसायप्रति आकर्षण बढ्दो छ । अरू खेतीभन्दा सजिलो र आम्दानी पनि बढी हुने भएकाले किसान फूल खेतीप्रति आकर्षित भएका छन् । घोडाघोडी नगरपालिका–३, जुरपानीका निर्मला भण्डारी चौधरीले पुष्प व्यवसाय सुरु गरेको दुई वर्ष मात्र भयो ।
ताप्लेजुङमा प्रहरीले करिब दुई किलोग्राम अर्थात् १६३ तोला सुनको गरगहना फेला परेको छ। तीन साताअघि सदरमुकाम फुङ्लिङको आईएमई व्यवसाय कञ्चन मनी ट्रान्सफरबाट लुटिएको उक्त सुनको गरगहना प्रहरीले फेला पारेको हो।
जाजरकोटको छेडागाड नगरपालिका ३ मा रहेको इलाका प्रहरी कार्यालयलाई ४ रोपनी जग्गा हस्तान्तरण गरिएको छ ।
चाडपर्वमा सुनचाँदीको माग निकै धेरै हुन्छ, त्यसमा पनि तिहारमा बढी हुने गर्छ । तिहारमा लक्ष्मी पूजाअघिका तीन/चार दिनमा सुनचाँदीका गरगहना र सामानको माग उच्च हुने व्यवसायीले बताएका छन् । यस वर्ष सोमबार लक्ष्मीपूजा गरिँदै छ । सुनचाँदी र तामा समान किनेर लक्ष्मीपूजाका दिन पूजा गर्ने प्रचलनअनुसार अहिले यी समानका पसलमा भीड लाग्ने गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन रिचार्ड थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ । आफ्नो कार्यकालको सुरुवातमै प्रधानमन्त्री देउवासमक्ष उहाँले नेपालको आर्थिक विकासमा सघाउँदै दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास दिलाउनुभएको हो ।
एम्नेस्टी इन्टरनेसनलले दुव्र्यवहारमा परेका आप्रवासी श्रमिकको क्षतिपूर्तिका लागि कोष स्थापना गर्न कतार सरकार र फिफालाई आह्वान गरेको छ । विश्वकप प्रतियोगिता सुरु हुन एक महिना बाँकी रहे पनि कतारमा रङ्गशाला बनाउने काममा खटिएका आप्रवासी श्रमिकमाथि भएको शोषण र दुव्र्यवहार कायमै रहेको भन्दै एम्नेस्टीले दुव्र्यवहारमा परेका श्रमिकको क्षतिपूर्तिका लागि कोषको स्थापना गर्न कतार सरकार र फिफालाई आह्वान गरेको हो ।
तिहार, म्हपूजा तथा छठका अवसरमा नेपाल टेलिकमले आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ । अफरहरू कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।