सप्तरीको निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी र एमाले–जसपाका उम्मेदवार बालकिशोर यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई गटबन्दीरहित बनाएर एकतावद्ध रुपले अघि बढेर आगामी निर्वाचनमा विजयी हुने बताउनुभएको छ । पार्टीभित्र सानामसिना असन्तुष्टि रहे पनि पार्टीलाई एकतावद्ध बनाएर लैजाने बताउनुभयो । तिहार, नेपाल सम्बत र छठको अवसरमा एमाले ललितपुरले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभयो ।
साहित्यकार प्रा. डा. बच्चुकैलाश कैनीद्वारा लिखित पाँच वटा कृतिको शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको छ।
गृहमन्त्री बालकृष्ण खाणले हवाई तथा स्थल नाका व्यवस्थित गर्न सरकार लागि परेको बताउनुभएको छ ।
बेन्जामिन कोल गम्भीररूपमा मानसिक बिरामी भएको उनको वकिलहरूले दाबी गरे पनि ओक्लाहोमाको म्याकलेस्टर कारागारमा तीनवटा घातक औषधिको माध्यमबाट उनलाई मृत्युदण्ड दिइएको हो । गत वर्षदेखि ओक्लाहोमा राज्यमा मृत्युदण्डको सजाय पुनः लागू भएपछि मृत्युदण्ड पाउने उनी छैटौँ कैदी हुन् ।
नेपाली घरेलु फुटबलको सफल क्लबमध्येको अन्नपूर्ण आरसीटी क्लबले शनिबार आफ्नो ९०औं वार्षिकाेत्सव मनाएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुग्नु भएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक पुष्करराज मल्लले दंगीशरण गाउँपालिका–२ कुइरीगनार घाटमा नुहाउने क्रममा शनिबार दिउँसो दुई किशोरी बेपत्ता भएको जानकारी दिनुभएको हो ।
टी–२० विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा साविक विजेता अष्ट्रेलिया न्युजिल्यान्डसँग पराजित भएको छ । सिड्नी क्रिकेट मैदानमा शनिबार दिउँसो भएको खेलमा न्युजिल्यान्डले घरेलु टोली अष्ट्रेलियालाई ८९ रनले हरायो ।
जिउँदो कुखुरा बोक्न खोर बनाइएको गाडीमा कुखुराको मासु ढुवानी हुने गरेको पाइएको छ । शनिबार काठमाडौं महानगरको अनगुमन टोलीले वडा नं. ६ चुच्चेपाटीमा ढुवानीकै क्रममा गाडी भेटेको हो ।
नेपाल पत्रकार महासङ्घ चितवनले गोरखापत्रकर्मी वसन्त पराजुली र शान्ता अधिकारीलाई सम्मान गरेको छ । महासंघको २० औं बार्षिक साधरणसभाको अवसरमा आयोजित कार्यक्रममा पराजुली र अधिकारीलाई सम्मान गरेको हो ।
नेपालीहरुको महान चाड शुभ दीपावली सुरु भएसँगै काठमाडौं लगायत देशभरका बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ ।
विराटनगरमा आज (शनिबार) आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गर्ने समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको प्रष्ट पार्नुभयो ।
शुभकार्य फूलबाट नै सुरु हुन्छ । फूल आफैमा सुन्दर वस्तु हो । सौन्दर्यको प्रतीक फूल मन नपराउने मान्छे कमै हुन्छन् होला ? फूल देख्दा मात्र होइन, पुष्प व्यवसायलाई पनि सम्मानित पेसाको रूपमा हेरिन्छ ।
तिहार, नेपाल संवत् तथा छठ पर्वका लागि मानिसहरु शहरबाट गाउँको घर र बजारबाट गाउँ झर्न थालेपछि मङ्सिर–४ मा हुन गइरहेको निर्वाचनमा होमिएका उम्मेदवारलाई घरदैलोमा मतदाता भेट्न समस्या भएको छ ।