नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने १८ वर्षीय करण महतोलाई पक्राउ गरिएको छ ।
निर्वाचन आयोगले बुधबारसम्म समानुपातिकतर्फको मतगणना सकिने आङ्कलन गरेको छ । आयोगमा रहेको समानुपातिक मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले केही स्थानमा मतगणना जारी रहेकाले भोलिसम्म सकिने जानकारी दिनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले राजनीतिक रूपान्तरणका लागि अब देश युवाको नेतृत्वमा जानुपर्ने बताउनुभएको छ।
चार पटकको विश्वकप च्याम्पियन जर्मनीका लागि कतारमा जारी विश्वकप फुटबल विर्सनलायक बन्यो । उपाधि चुम्ने लक्ष्यका साथ कतार पुगेको जर्मनी समूह चरणबाटै घर फर्कन बाध्य भएपछि टोलीका निर्देशक ओलिभर बियरहोफले पदबाट राजीनामा दिनुभएको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाको एउटा माध्यमिक विद्यालयमा बस्नका लागि डेस्क र बेन्च नहुँदा बालबालिका बोरा लिएर विद्यालय जान बाध्य छन्।
नवनिर्वाचित जनप्रतिनिधिले आफूहरूले जनताको विश्वास जित्ने गरी काम गर्ने बताउनु भएको छ। सत्तारुढ पाँच दलीय गठबन्धन निर्वाचन परिचालन समितिले मङ्गलबार धनगढीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँहरूले उत्कृष्ट काम गरेर जनताको विश्वास जित्ने प्रतिबद्धता जनाउनु भएको हो।
कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ भने नौ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये चार जनाको अवस्था गम्भीर छ ।
नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउन माग गर्नुभएको छ ।
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरेर तत्काल जेलबाट रिहाइ गर्न सरकार समक्ष माग राखेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताउनुभएको छ ।
पटक–पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगरपालिकाको कार्यालयले आज (मङ्गलबार)बाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ ।
कञ्चनपुरको मझगाउँमा निर्माण गर्ने भनिएको विमानस्थल जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा अलपत्र परेको छ ।
एक चालकरहित विमान (ड्रोन) ले युक्रेनको सीमा क्षेत्रमा रहेको रुसको कुर्स्क क्षेत्रको एक एयरफिल्डमा आक्रमण गरेको छ । मस्कोले युक्रेनलाई दुई रुसी एयरफिल्डमा ड्रोन हमलाको लागि दोष लगाएको एक दिनपछि स्थानीय गभर्नरले मङ्गलबार सो जानकारी दिनुभएको छ ।
मङ्सिर ४ गते सम्पन्न संघीय चुनावमा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेले ४४ सिट जितेको छ।
कोरोना भाइरस (कोभिड–१९) महामारीले शून्य जस्तै बनेको चितवनमा पछिल्लो महिना देखि पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ ।