सङ्घीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको जनाएको छ ।
रानको अदालतले नोभेम्बरको सुरुमा बसिज स्वयंसेवी बलका एक सदस्यको हत्या गरेको आरोपमा १६ जनालाई दोषी ठहर गरेको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी राजधानी आइपुगेको छ ।
कैलाली सदरमुकाम धनगढीबाट सञ्चालित यातायात व्यवसायीले सार्वजनिक बस तथा मिनिबसमा अपाङ्गता भएका व्यक्तिलाई आरक्षण र छुट नदिने बताएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरका १९ वर्षीय दिनेश अधिकारीले पेट्रोलबाट चल्ने चार पाङ्ग्रे सवारी साधन बनाउनुभएको छ ।
बुटवल उपमहानगरपालिकाले अव्यवस्थित बसोवासीको अभिलेख राख्न थालेको छ । जसका लागि बुटवल उपमहानगरपालिकाले अव्यवस्थित रूपमा बसोबास गरिरहेका परिवारलाई बसोबासको प्रमाणपत्र दिने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका अमर बहादुर आलेमगरले पत्नीको बीभत्स हत्या गरेका छन् ।
नामिबियामा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा आज (बुधबार) नेपालले घरेलु टोली नामाबियासँग प्रतिस्पर्धा गर्दैछ ।
रामपुरकी कमलाको दुई सन्तान थिए । छोरी सुनिता र छोरा सुरेश । सुनिता चार कक्षामा पढ्थी । दाजु सुरेश ६ कक्षामा । उनीहरूको बुवा सरकारी कार्यालयमा अधिकृत थिए । जाडोमा लामो छुट्टी थियो । सुरेश चाहिँ काकाको छोरासँग खेल्न रमाउँथ्यो । उ घरमा एकछिन बस्न रुचाउँदथ्यो । उनीहरू कहिले कम्प्युटर खेल्ने, कहिले टिभी हेर्ने कहिले गितार बजाउने गर्दथे तर सुनिताको केटी साथी कोही पनि थिएन ।
भूकम्पले क्षति पुर्याएपछि राहतका लागि विभिन्न दाताले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२, शिखरपुरमा निर्माण गरिदिएका ४६ घरसहितको नमुना माझी बस्ती अहिले उपयोगविहीन भएको छ ।
सिन्धुली जिल्लाका विभिन्न ठाउँमा रहेका ऐतिहासिक तथा धार्मिक स्थलमा हिउँदे मौसम सुरुसँगै वनभोज खान आउनेको लर्को लाग्न थालेको छ । जिल्लाका ऐतिहासिक तथा धार्मिक स्थल सिन्धुलीगढी, पञ्चकन्या पोखरी, माईस्थान, हरिहरपुरगढी, माईस्थान शिरलगायतका ठाउँमा वनभोज खान आउनेको लर्को लाग्दै गएको छ । पूर्वाधार विकास निर्माणसँगै यातायात सुविधा भएकाले पछिल्लो समय त्यस्ता ठाउँमा वनभोज खान आउनेको लर्को लाग्दै गएको स्थानीयले बताएका छन् ।
कतारमा जारी २२औँ संस्करणको विश्वकपमा क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति प्रिक्वार्टरफाइनलको अन्तिम खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले हराएसँगै विश्वकपमा क्वार्टरफाइनलमा पुग्ने आठ टोलीको टुङ्गो लागेको हो ।
जडीबुटी सङ्कलन तथा प्रशोधन व्यवसाय केन्द्रको भौतिक संरचना तयार भए पनि सञ्चालनमा आउन सकेको छैन। काँक्रेविहार संरक्षित क्षेत्रको सीमासँगै जोडिएको करिब सात कट्ठा जग्गामा बनेको उक्त संरचना उद्देश्यअनुसार सञ्चालनमा आउन सकेको छैन। सो संरचनाको निर्माण ११ वर्षअघि थालिएको थियो।