सफा भान्सा र विद्युत् खपत विस्तारका लागि सरकारी प्रयासका रूपमा अगाडि सारिएको इन्डक्सन चुलो वितरण कार्यक्रम नै अन्योलमा परेको छ । काठमाडौँ उपत्यकामा बसोबास गर्ने दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क र विभिन्न स्थानीय निकायसँग साझेदारीमा सहुलियतपूर्ण दरमा सर्वसाधारणलाई लक्षित गर्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गत आर्थिक वर्षमै सम्पन्न गर्ने गरी दुई कार्यक्रम ल्याएको थियो । तर, इन्डक्सन चुलो आपूर्तिकर्ताको बदमासीले अहिले सो कार्यक्रम नै अन्योलमा परेको छ ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभामा थप भएका नयाँ राष्ट्रिय दल र अन्य दलसमेतका लागि सिंहदरबार परिसरमा रहेको हेलो सरकार कक्षमा संसदीय दलको कार्यालय निर्माण गर्ने भएको छ। सचिवालयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहिलो तला माग गरे पनि मन्त्रालयहरूले संसद्लाई दिन अस्वीकार गरेपछि हेलो सरकार कक्षमा दलको कार्यालय व्यवस्थापन गर्न लागिएको हो। हेलो सरकार कक्ष उपयोग गर्न सिंहदरबार पुनर्निर्माण समितिले अनुमति दिइसकेको छ। हेलो सरकार कक्ष भने प्रधानमन्त्री कार्यालय परिसरमै सर्नेछ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी विकास समिति खारेजीबारे सरकारले पुनरवलोकन गर्ने बताउनुभएको छ। उहाँले समितिको औचित्य र आवश्यकताबारे मुख्यसचिव तथा सरोकारवाला निकायका अधिकारीसँग छलफल गरी निर्णय लिने बताउनुभयो। काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको टोलीसँग प्रधानमन्त्री देउवाले मङ्गलबार समिति खारेज गर्ने निर्णय, त्यसको औचित्य तथा आवश्यकताबारे छलफल गरी निर्णय लिने बताउनुभएको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–५ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो।
पुल निर्माण सम्झौतापूर्व नै लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोड्न सफल भएका छन् । पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच अझै सम्झौता भएको छैन । हिउँ पर्न थालेपछि काम गर्न कठिन हुने भएकाले कागजी प्रक्रिया पूरा नभए पनि स्थानीयले आफँै खर्च र जनश्रमदान गरी पुल निर्माण गरेका हुन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाउनुभएको छ।
आर्थिक वर्षमा बनाइसक्ने लक्ष्यले निर्माण कार्य भइरहेको पूवार्धार विकास कार्यालय पाँचथर प्रमुख राजनराज रेड्डीले बताउनुभयो।
प्रधानमन्त्री शेरबहादुर देउवाले यही मङ्सिर २२ गते कैलालीको धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्नुहुने भएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गर्नुभएको छ।
मोरङको सुन्दरहरैचा १० का ७३ वर्षीय वृद्धको हात्तीको आक्रमणबाट मंगलबार मृत्यु भएको छ ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरेर प्रहरी आचरण र व्यवहारमा सुधार ल्याउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ।
नवनिर्वाचित मधेश प्रदेश सभा सदस्य सतिशकुमार सिंहले मतदाता समक्ष गरेको प्रतिबद्धता पूरा गराउन सरकारमा सहभागीका लागि कुराकानी अगाडि बढेको बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकमा अहिलेको मौद्रिक नीति, बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएकाले तत्काल निकास निकाल्नु पर्ने विषय उठेको छ।
गोरखापत्र दैनिकका सर्लाही समाचारदाता जनार्जन खत्री प्रथम स्व. गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
सूर्य नेपाल काठमाडौं ओपन गल्फको पहिलो दिन रवि खड्काले अग्रता लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा मंगलबार देखि सुरु भएको प्रतियोगिताको पहिलो दिन रविले ६ अन्डर ६२ खेल्नुभयो ।
नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले खारेज भएको मेलम्ची खानेपानी विकास समिति तत्काल ब्युँताउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।