• १२ असोज २०८१, शनिबार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

blog

उर्लाबारी, मङ्सिर २० गते। मोरङको सुन्दरहरैचा १० का ७३ वर्षीय वृद्धको हात्तीको आक्रमणबाट मंगलबार मृत्यु भएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट अजय बास्तोलाको मृत्यु भएको स्थानीय कमलादेवी अधिकारीले बताउनुभयो ।

स्थानीय मुनाल सामुदायिक वनमा घाँस काट्न गएका बेला अजय हात्तीको आक्रमणमा पर्नु भएको थियो।श्रीमती जानुकासँग जङ्गल जानुभएका बास्तोला हात्तीको आक्रमणमा परेपछि  जानुकाले भागेर ज्यान जोगाउनु भएको थियो।

१ महिना यता मोरङमा हात्तीले दैनिक जसो उपद्रो गरिरहेको छ। हुलका हुल आउने हात्तीले मिक्लाजुङ र लेटाङको ८ र ९ नम्बर वडामा किसानले कुन्यु लगाएर थ्रेसिङका लागि राखेको धान खाएर दुःख दिइरहेका छन्।