• १३ साउन २०८१, आइतबार

गोरखापत्रकर्मी खत्री पुरस्कृत

blog

सम्मान ग्रहण गर्दै गोरखापत्रकर्मी जनार्जन खत्री ।

जनार्जन खत्री

सर्लाही, मङ्सिर २० गते । गोरखापत्र दैनिकका सर्लाही समाचारदाता जनार्जन खत्री प्रथम स्व. गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । 

मङ्गलबार सम्पन्न नेपाल पत्रकार महासङ्घ सर्लाहीको ११ औँ वार्षिक साधारण सभामा खत्रीलाई सम्मान–पत्रसहित १५ हजार ५५५ रुपियाँ राशिको यो पुरस्कार प्रदान गरिएको हो । सर्लाहीमा क्रियाशील रूपले पत्रकारिता गर्दै सामाजिक सद्भाव एवं भाइचारा कायम गराउन र समृद्धिको यात्रामा डोर्‍याउन  योगदान गर्नु भएकाले खत्रीलाई पुरस्कार प्रदान गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाहीले जनाएको छ । 

नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य रिङ्कुकुमारी मिश्र, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नवनिर्वाचित प्रदेश सभा सदस्य बेची लुङ्गेली, लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलगायत भएर गोरखापत्रकर्मी खत्रीलाई सम्मान गर्नुभयो ।

पूर्व पत्रकार तथा मधेश प्रदेशका निवर्तमान प्रमुख डा. राजेश झा (अहिराज) ले २०७६ सालमा ५१ हजार रुपियाँको स्वर्गीय गजेन्द्रनारायण सिंह स्मृति पत्रकारिता पुरस्कार कोष स्थापना गर्नुभएको थियो । 

सोही कोषको रकमबाट प्राप्त ब्याजले पहिलो पटक गोरखापत्रकर्मी खत्रीलाई सम्मान गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

कार्यक्रममा गएको शनिबार साधारण सभामा विशिष्ट अतिथिका रूपमा सहभागी हुन आउँदा निधन हुनुभएका मधेश प्रदेश प्रेस काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईको तस्बिरमा तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ ।