भनिन्छ, ईर्ष्या गर्नु हुँदैन । धर्मशास्त्र यही भन्छ, धर्मगुरु यही भन्छन्, घरपरिवार यही भन्छन्, समाज यही भन्छ तर ईर्ष्या नगरी बस्न भने कोही पनि सक्दैनन् । किन कि यो मानवीय स्वभाव हो । मानिसको जन्मजात छवटा गुणमा यो पनि पर्छ, जुन जन्मसँगै आउँछ र जीवनपर्यन्त साथै रहन्छ । त्यसैले ईष्र्या गर्नुहुन्न भन्ने होइन गर्नुपर्छ भन्ने हो तर व्यक्तिको होइन उसले गरेको कामको । व्यक्तिको ईष्र्या गर्न थाले चौपट हुन्छ, काम गर्न थाले प्रगति गर्न सकिन्छ ।
नाम्खा गाउँपालिकाका स्थानीयवासीले पालिकाको कार्यालय केन्द्र याल्वाङमै सार्न माग गर्नु भएको छ । पत्रकार महासङ्घ हुम्ला शाखाको सहजीकरणमा आयोजना गरिएको गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले उक्त माग गर्नु भएको हो ।
वीरेन्द्रनगरको मुख्य बजारको सडक विस्तारको काम सुस्त देखिएको छ। लामो समय भइसक्दा पनि मङ्गलगढी चोकदेखि गणेश चोकसम्मको सडक फराकिलो बनाउने कामले गति लिन सकेको छैन।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) अछाम जिल्ला कमिटीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भएको पराजयको कारण खोज्न थालेको छ।
बाढीपहिरोका कारण भत्किएका बाजुराका झन्डै नौवटा झोलुङ्गे पुल अहिलेसम्म मर्मत हुन सकेका छैनन्। ती पुल मर्मत नहुँदा स्थानीयलाई आउजाउमा निकै सास्ती परेको छ।
पश्चिम नेपालको तीनवटा प्रदेशको स्वास्थ्य हब बन्दै गएको नेपालगञ्जस्थित नेपाल रेडक्रस सोसाइटीको क्षेत्रीय रक्तसञ्चार केन्द्र (ब्लड बैङ्क)मा रगतको मौज्दात न्यून हुँदा समस्या उत्पन्न भएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अति नै गम्भीर बिरामीलगायत दुर्घटनामा परेकाको प्रमुख उपचार केन्द्र बनेको नेपालगञ्जमा रगत अभावले गम्भीर अवस्थाका बिरामीलाई समस्या हुन थालेको हो। रक्तसञ्चार केन्द्रका क्षेत्रीय प्रमुख उपेन्द्र रेग्मीले चाडपर्वलगत्तै निर्वाचन हुँदा संस्थागत रक्तदानका कार्यक्रममा कमी आउँदा रगतको अभाव भएको बताउनुभयो। “हामीले रक्तदाता संस्था र रक्तदाता ग्रुपसँग नियमित सम्पर्क गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “संस्थाहरूले नियमित रक्तदान गराउने र अभावको समस्या समाधान गर्ने आश्वासन दिएका छन्, आशा छ छिट्टै समाधान हुनेछ।”
जिल्लाको सिस्ने गाउँपालिका–८ सुनखानाका भीउसन नाथको १० रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा छ । बगैँचामा दुई सय सुन्तलाका बोट छन् । सबै बोटमा सुन्तला लटरम्म फलेको छ ।
दाङ तुलसीपुरका स्थानीय समाजसेवी एवं ज्येष्ठ नागरिक दुर्गाबहादुर खत्रीले सामाजिक सुरक्षाबापतको रकमबाट अपाङ्गता भएका विद्यार्थीलाई पोषणयुक्त खानेकुरा खरिद गरी वितरण गर्नुभएको छ। तुलसीपुर–१९ का ८४ वर्षीय खत्रीले सामाजिक सुरक्षाबापत प्राप्त गर्दै आएको रकमले प्रत्येक वर्ष सामाजिक र धार्मिक कार्यमा हस्तान्तरण गर्दै आउनुभएको छ।
चिसो मौसम सुरु भएसँगै तराईका जिल्लामा बढ्दो हुस्सु र रातिको बेला भिजिबिलिटी कम भएकाले सडक दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस्ने अभियान सञ्चालन गरेको छ।
सर्लाहीको उत्तरी भेगमा पर्ने लालबन्दी नगरपालिका–१५, स्थित झरझरा खोलामा पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई खोला वारपार गर्न निकै सहज भएको छ।
सप्तरी सदरमुकाम राजविराजमा अव्यवस्थित, दुर्गन्धित र शौचालयबिना ल्याबहरू सञ्चालन गरिएको छ। महदेवा गाउँपालिका–४ का नजवुन खातुन बिरामी नातीको दिसा जाँच गराउन सोमबार बिहानै मङ्गलम डायग्नोस्टिकमा पुग्नुभएको थियो। डाक्टरले दिसा जाँच गराउन लगाएपछि उहाँ ल्याबमा पुग्नुभएको थियो। उहाँले जाँच गराउन गएको ल्याबमा शौचालय नहुँदा ल्याब अगाडिकै सडकमा उहाँले नातीलाई दिसा गराइरहनुभएको थियो। उहाँले ल्याबमा ट्वाइलेट नभएर बच्चालाई यहाँ दिसा गराउन लागेको सुनाउनुभयो।
बागमती प्रदेशमा प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सुरु गर्न लागेको नयाँ अङ्कभार प्रणाली विवादपछि रोकिएको छ ।
सिन्धुली जिल्लामा आगलागीका घटना न्यूनीकरण गर्न महोत्सव आयोजना गरी दमकल खरिद गर्ने तयारी गरिएको छ । कमलामाई नगरपालिका र सिन्धुली उद्योग वाणिज्य सङ्घको आयोजनामा जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा पुस ८ देखि १८ गतेसम्म छैटौँ सिन्धुली महोत्सव–२०७९ आयोजना गरी दमकल खरिद गर्ने योजना बनाइएको छ । “पुस ८ देखि १० दिनसम्म छैटौँ सिन्धुली महोत्सव आयोजना गर्ने तयारी भइरहेको छ,” सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले भन्नुभयो । महोत्सवको मुख्य उद्देश्य रकम जुटाएर शक्तिशाली दमकल किन्ने योजना बनाइएको छ ।