यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै उपाधि जितेको हो ।
नेपालमा हालसम्म पनि खेतीयोग्य जमिनमा माटो बिग्रन नदिनका लागि आवश्यक कानुनी व्यवस्था नै नभएको पाइएको छ ।
गुजरात विधानसभा चुनावको दोस्रो तथा अन्तिम चरणअन्तर्गत उत्तर र मध्य गुजरातका १४ जिल्लाका ९३ विधानसभा निर्वाचन क्षेत्रमा सोमबार बिहान ८ बजेदेखि मतदान सुरु भएको छ ।
नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो ।
स्थानीय तहको आर्थिक विकासमा योगदान दिन पालिकाहरूलाई आर्थिक रूपमा बलियो बनाउनुपर्ने सुझाव सरोकारवालाहरूले बताउनुभएको छ ।
सत्तारुढ गठबन्धनको बैठक आज (सोमबार) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल हुनेछ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवको अवसर पारेर आयोजित भागवत महापुराण यज्ञमा सहभागी हुनु भएको छ ।
दोलखा प्रतिनिधि सभा सदस्यमा आफ्नो दलको उम्मेदवारलाई निर्वाचित गराउन असफल भएको भन्दै नैतिकताले नेकपा (एमाले) जिल्ला कमिटी सचिव हिरा थोकरले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।
भाइबहिनीहरू, निर्वाचन हुँदैछ भनेर सुनेका नै छौ होला । हो, हामीकहाँ मङ्सिर ४ गते हुँदैछ । यस पटक प्रतिनिधि सभा र प्रदेश सभाका लागि हुन लागेको हो । यो निर्वाचनमा एक जना व्यक्तिले चारवटा मतपत्रमा मत दिनुपर्छ । पहिलो मतपत्रमा प्रतिनिधि सभाका सदस्य उम्मेदवारलाई मत दिनुपर्छ । यसरी हामीले दिएको मतबाट प्रतिनिधि सभामा १६५ जना सांसद चुनिएर आउँछन ।
झापाको हल्दीबारी गाउँपालिकालाई काठको पुलमुक्त बनाउने अभियान अन्तिम चरणमा पुगेको छ। पाँच वर्षअघि स्थानीय सरकारले गाउँपालिकालाई काठको पुलमुक्त बनाउने घोषणा गर्दै काम अघि बढाएको थियो। पालिकाभित्र परम्परागत काठको पुल विस्थापित गर्ने अभियानलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रममा ल्याइएको थियो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात/अन्तरघातको छानबिन गर्न माग गरेका छन्।
हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानको कात्तिकेमा कपास खेती फस्टाउँदै गएको छ। दुई वर्षअघि नगरपालिकाको अनुदानबाट सुरु भएको कपास खेती अहिले फस्टाउँदै गएको हो। आर्थिक वर्ष २०७७/७८ मा १० लाख बजेट विनियोजन गरेर कपास खेतीलाई प्रवद्र्धन गर्न सुरु गरेको नगरपालिकाले अहिले पनि निरन्तरता दिँदै आएको छ। पुर्खाको पालामा हलेसी तुवाचुङ नगरपालिका क्षेत्रका धेरै ठाउँमा कपास खेती हुने गरेको थियो। कपासबाट खाँडीका कपडा उत्पादन गरेर बिक्रीसमेत गर्ने गरेको यस क्षेत्रका पुर्खाको भनाइ छ।
सोमबार बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ३.८ डिग्री सेल्सियस मापन भयो । यो देशकै सबैभन्दा बढी चिसो रहेको मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क हो । यता न्यूनतम तापक्रम क्रमिक रूपमा सुधार हुँदा चिसो ह्वात्तै बढेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ ।