• १२ असोज २०८१, शनिबार

दोलखाका एमाले जिल्ला सचिव थोकरद्वारा राजीनामा घोषणा

blog

नेकपा (एमाले) दोलखा जिल्ला कमिटी सचिव हिरा थोकर । तस्बिर : सुजन काफ्ले ।

गोरखापत्र अनलाइन

काठमाडौंं, मंसिर १९ गते । दोलखा प्रतिनिधि सभा सदस्यमा आफ्नो दलको उम्मेदवारलाई निर्वाचित गराउन असफल भएको भन्दै नैतिकताले नेकपा (एमाले) जिल्ला कमिटी सचिव हिरा थोकरले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । 

मतगणनाको अन्तिम परिणाम आएलगत्तै सचिव थोकरले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै राजीनामा दिने घोषणा गर्नुभएको हो । माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले ३१७ मतले एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीलाई पराजित गर्नुभएपछि एमालेलाई दोलखामा धक्का लागेको छ ।

कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गर्नुभयो । दोलखामा अहिले समानुपातिकको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।