चिसो बढ्दै गएपछि ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीहरूको जनजीवन प्रभावित बन्दै गएको छ। पछिल्लो हप्ता मौसम एक्कासि चिसिएसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको हो। घाम नलाग्ने, बाक्लो हुस्सु र चिसो हावासँगै बाक्लो तुसारो पर्न थालेपछि हिमाली क्षेत्रका बस्तीहरूको जनजीवन कष्टकर बन्दै गएको हो। असामान्य रूपमा चिसो बढ्दै गएपछि हिमाली बस्तीका सर्वसाधारणलाई अहिले दैनिकी चलाउनलाई निक्कै मुस्किल पर्न थालेको स्थानीयले बताएका छन्।
बुटवलको इतिहासमा पहिलो पटक बुटवलको कालिकापथमा सोमबारदेखि रात्रिकालीन बजार सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ९ र ११ मा पर्ने कालिकापथ सडकको नयाँ बसपार्कदेखि होराइजन चोकसम्मको सडकमा सोमबारदेखि रात्रिकालीन बजार सञ्चालनमा आएको हो ।
सुनसरीको रामधुनी नगरपालिका–८ का किसान दिनेश चौधरीले गहुँ खेती छाडेर मकै लगाउनुभएको छ । सोचेजस्तो र लगानीअनुसारको प्रतिफल नभएपछि चौधरीले गहुँ खेती नगरी मकै खेती लगाउनुभएको हो । धानको सिजनमा मलखाद, सिँचाइ अभाव भएको र उत्पादनमा पनि कमी भएको अवस्थामा अर्कोतर्फ गहुँ खेती पनि राम्रो नहुने अनुमान गर्दै गहुँ खेती त्यागेर मकै खेती थालेको उहाँको भनाइ छ ।
मौसमको खराबी तथा यात्रु उपलब्धता नरहेको भन्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू स्थगित हुन थालेपछि त्यहाँका पर्यटन व्यवसायीको चिन्ता बढेको छ । पछिल्लो पटक अन्तर्राष्ट्रिय उडान गरिरहेका जजिरा एयरवेज र हिमालय एयरलाइन्सले आफ्ना उडान रोकेका छन् भने आन्तरिक उडानसमेत नियमित हुन सकिरहेको छैन । जजिराले डिसेम्बरसम्म उडान रोकेको जनाए पनि खराब मौसमका कारण यो समय अझै लम्बिने निश्चित रहेको छ । अहिले भैरहवा तथा यस आसपासको भिजिबिलिटी दुई सय मिटर हाराहारीमा रहने गरेको छ । घाम लागे भने आन्तरिक उडान हुने र नभए उडान नै नहुने अवस्था छ ।
थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै हालसम्म दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जानकारी दिएको छ । नर्भिक अस्पतालमा प्रत्यारोपण सेवा प्रारम्भ भएसँगै मिर्गौला प्रत्यारोपण गर्ने अस्पतालको सङ्ख्या ११ पुगेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले नर्भिक अस्पतालले ६६ र ५४ वर्षीय पुरुषद्वयको मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । ६६ वर्षीय पुरुषलाई उहाँकी ५५ वर्षीया पत्नीले मिर्गौला दान गर्नुभयो भने ५४ वर्षका पुरुषलाई उहाँकी ३० वर्षीया छोरीले मिर्गौला दान गर्नुभयो ।
जनता समाजवादी पार्टी (जसपा)को राजनीतिक समितिको बैठक सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा ठोस निर्णय नगरी टुङ्गिएको छ । सरकारमा सहभागी हुने वा नहुने विषयमा निर्णय गर्न बसेको जसपा बैठकमा सोमबार सबै नेताले धारणा राख्न समय नपुगेको भन्दै बैठक निष्कर्षविहीन टुङ्गिएको जनाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका चाडबाड, संस्कृति र सम्पदा संरक्षणका लागि चासो व्यक्त गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र उपप्रमुख सुनीता डङ्गोलसँग सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले काठमाडौँको चाडबाड, जात्रा र यहाँको पुरातात्त्विक सम्पदा संरक्षणबारे विशेष चासो व्यक्त गर्नुभएको राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टीका ढकालले जानकारी दिनुभयो ।
शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले तीन सय शय्याको नयाँ भवन निर्माण गर्ने भएको छ । हाल उक्त अस्पतालमा एक सय शय्या सञ्चालनमा छन् । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनीषा रावलले यसका लागि भवन निर्माणको काम सुरु गर्ने जानकारी दिनुभयो । अस्पताल भवनको डिजाइन तयार भइसकेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन तर्जुमाक्रममा सरोकारवालासँग सर्वपक्षीय र बृहत् परामर्श आवश्यक भएको बताउनुभएको छ । सर्वोपरि रूपमा कानुनले निरन्तरता पाउने अवस्था हुनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।
राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा मधेश प्रदेशको हिस्सा १३ दशमलव ३ प्रतिशत रहेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ को अनुमानित कुल गार्हस्थ्य उत्पादन ४१ खर्ब पाँच अर्ब ५४ करोड रहेकामा मधेश प्रदेशको पाँच खर्ब ४४ अर्ब ८१ करोड हिस्सा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । मधेश प्रदेश वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवदेनले मधेश प्रदेशको आर्थिक वृद्धिदर ५ दशमलव ३ प्रतिशत रहने अनुमान गरेको छ ।
‘अवैध’ बाटो हुँदै ‘सपनाको देश’ अमेरिका जाने क्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१०, का २० वर्षीय मदन शाही पानामाको जङ्गलमा मृत अवस्थामा भेटिएको खबर घरमा आइपुगेको छ। छोरो अमेरिका पुगेको खबर कहिले आउला भन्दै कुरेर बस्नुभएकी पुतली शाही छोरो नै नरहेको खबर सुनेर मर्माहत हुनुभएको छ। मदनले घर छोडेको वर्ष दिन पुग्नै लाग्दा आइपुगेको दुखद खबरले परिवार र आफन्तलाई विक्षिप्त बनाएको छ।
जाडो बढेसँगै सोमबार बसन्तपुरमा घाम ताप्दै सर्वसाधारण ।
झापाको कनकाई नगरपालिका –३ मा रहेको नगर अस्पतालमा नगरपालिका र दाताहरूको सहयोगमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ ।
नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिबीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् ।
टुटफुट अवस्थामै निर्माण कम्पनीहरूले धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक हस्तान्तरणका लागि कार्यालयमा कागजात बुझाएका छन् ।