प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतका शीर्ष नेताबीच आगामी साता यहाँ भेटवार्ता हुने भएको छ ।
जिल्ला अदालत बागलुङले १२ वर्षीय बालिकालाई बलात्कार गरी गर्भवती बनाएको अभियोगमा पक्राउ परेको एक जना ७५ बर्षीय वृद्धलाई १२ बर्ष कैद सजाय तोकेको छ ।
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।
मार्क इन्टरनेशनल किड्नी सेन्टरले निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गरेको छ । सेन्टरको चौथो वार्षिकोत्सव एवम् विश्व मिर्गौला दिवसको अवसरमा निःशुल्क मिर्गौला परिक्षण शिविर सञ्चालन गरेको हो ।
हिमालपारिको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा खुर्पानी तथा आरुबखडा फुलेर ढकमक्क भएको छ । शीतोष्ण हावापानीमा हुने फलफूल अब बिस्तारै फुल्नेबेला भएकाले पहिलो चरणमा अहिले खुर्पानी तथा आरुबखडा फुलेको हो ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताउनुभएको छ।
अभिनेत्री सुरक्षा पन्त विवाह बन्धनमा बाँधिनुभएको छ । उहाँले अभिनेता मानव सुवेदीसँग विवाह गर्नुभएको हो ।
संसद् भवनमा चिप्लिएर घाइते हुनुभएका सांसद गोविन्द न्यौपानेको स्वास्थ्यस्थित बुझ्न नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ट्रमा सेन्टर पुग्नुभएको छ ।
भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो ।
स्टार खेलाडीले भरिएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टर फाइनलबाट बाहिरिएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङ्रोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनमा संसदीय दलको बैठकमा भएको सहमति अनुसार मतदान गर्ने निर्णय गरेको छ ।
राष्ट्रसङ्घीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीका बीचमा बुधबर युक्रेनको किभमा भएको भेटवार्ताका क्रममा ‘ब्ल्याक सि’ हुदै गरी आएको निकासीलाई थप विस्तार गर्नुपर्नेमा सहमति भएको छ ।
कङ्गोमा यहाँ जारी रहेको द्वन्द्वका कारण विस्थापित हुने व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ । कङ्गोको पूर्वी भूभागमा पछिल्ला केही समययता जारी रहेको द्वन्द्वले यहाँका सर्वसाधारण नागरिकहरू विस्थापित भएका छन् ।