• २५ पुस २०८१, बिहिबार

पीएसजी बायर्नसँग स्तब्ध

blog

पीएसजीविरुद्ध गोल गर्दै बायर्नका चुपो मोटिङ । तस्बिर : एएफपी

काठमाडौं, फागुन २५ गते । स्टार खेलाडीले भरिएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टर फाइनलबाट बाहिरिएको छ ।

बुधबार राति भएको दोस्रो लेगमा पीएसजी जर्मन क्लब बायर्न म्युनिखसँग २–० गोलले स्तब्ध भयो । बायर्न दुवै लेगमा विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समग्रमा ३–० गोलको जित निकालेको बायर्नले पहिलो लेगमा पीएसजीलाई १–० गोलले हराएको थियो । 

घरेलु मैदानमा बायर्नलाई जिताउन एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले गोल गर्नुभयो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा मोटिङले ६१औं र नाब्रीले ८९औं मिनेटमा गोल गर्नुभयो ।

यसैगरी अर्को खेलमा इङ्लिस क्लब टोट्टनहामलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोक्दै इटालियन क्लब एसी मिलान क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एसी मिलान समग्रमा १–० ले विजयी भयो । पहिलो लेगमा एसी मिलानले टोट्टनहामलाई १–० गोलले हराएको थियो । एजेन्सी