“सिजन सुरु भएसँगै दुईसय बढी कामदार उद्योगमा देखिन्थे । एकातिर कामदार इँटा बनाउन व्यस्त हुँदैगर्दा अर्कोतर्फ बिक्री भएका इँटा ट्रकमा लोड गर्न भ्याइनभ्याई हुने थियो ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिनुभएको छ ।
बागलुङको ताराखोला गाउँपालिकाले तत्कालीन द्वन्द्वकालमा शहीद तथा बेपत्ता भएका परिवारका सदस्यलाई मासिक भत्ता दिन सुरु गरेको छ। गाउँपालिकाले मासिक एक हजार रुपियाँका दरले सहिद तथा बेपत्ता परिवारका सदस्यलाई भत्ता रकम वितरण गरेको हो ।
साहसिक खेलका रूपमा लिइने 'जिपलाइन'ले पाल्पा आउने पर्यटकलाई आकर्षित गरेको छ । जिल्लाको रिव्दीकोट-४, स्थित भैरवस्थान मन्दिर परिसरमा रहेको 'जिपलाइन'मा खेल्न आउने पर्यटक बढेका छन् ।
जनता समाजवादी पार्टी (जसपा)ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (बिहीबार) बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आगामी चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ताप्लेजुङमा दुई हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् ।
विभागीय टोलीको त्रिभुवन आर्मी क्लब र जावलाखेल यूथ क्लबले राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् ।
ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेल एक लाख घुससहित पक्राउ पर्नुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले पहिलो पटक राष्ट्रपति निर्वाचनको स्थलगत अनुगमन गरेको छ । आज सम्पन्न निर्वाचनमा आयोगका सदस्य मिहिर ठाकुरको नेतृत्वमा तीन सदस्य टोलीले अनुगमन गरेको हो ।
आगामी वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिट बिहीबार ‘बेन्च बस्न नभ्याए’पछि रोकिएको छ ।
नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज (बिहीबार) सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अङ्कमा पुगेको छ ।
स्वतन्त्र भएर खेल्ने रमाउने उमेरमा ६ वर्षीय बालिका सलको दाम्लोमा बाँधिएको अवस्थामा फेला परेकी छन् । तीन वर्षसम्म अँध्यारो कोठामा थुनिएकी करिश्मा भट्ट छिमेकीको सहयोगमा दाम्लोसहित घरको आँगन देख्ने अवसर पाइन् । बालिकाको बुवाको रुखबाट लडेर कम्मर भाँचिएको छ ।
राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभातर्फ तीन सय १३ र प्रदेशतर्फ ५५० जनाले मतदान गरेका छन्।