• १३ साउन २०८१, आइतबार

नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाइ

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौं, फागुन २५ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिनुभएको छ ।

राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले भन्नुभएको छ –राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई ।

आज (बिहीबार) भएको निर्वाचनमा पूर्व सभामुख एवम् नेपाली कांग्रेस वरिष्ठ नेता पौडेल देशको चौथो राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।