• २५ चैत २०८२, बुधबार

आज पनि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

blog

रमेश विश्वकर्मा
गुल्मी, चैत २५ गते।
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत आठौं बैठक बुधबार  बस्दैछ। प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आ–आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ।

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा विशेष समयमा हालसम्म उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम तय गरिएको छ।

अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची पनि रहेको सचिवालयले जानकारी दिएको छ।

गत चैत २२ गतेबाट सुरु भएको प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गतका बैठकहरु निरन्तर रुपमा सञ्चालन हुँदै आएका छन्।