स्थानीय सरकारले सेवामार्फत नागरिकको मन जित्न नसकिरहेको आरोप लागिरहेका बेला जिल्लाका केही स्थानीय सरकारले नागरिकको मन जित्ने प्रयास गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमा काठमाडौंको वसन्तपुरस्थित कुमारी घरमा पुग्नु भएको छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ । च्यासल मैदानमा शनिबार भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई २-१ गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा आर्मीले पुनरागमन जित निकालेको हो ।
धनुषाको बडहरी खोलामा २४ वर्षीय ट्याक्टर चालक पवन महतोमाथि धारिलो हतियार (छुरा) प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जलवायुजन्य नोक्सानीका विषयलाई संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२८) मा प्रभावकारी रूपमा उठाउन सरकारले अहिलेदेखि नै तयारी गर्नुपर्नेमा विज्ञले सुझाव दिएका छन्।
इलाम नगरपालिकाले आफ्नो दशौं कार्यपालिका बैठकबाट बढाएको खानेपानीको महसुल शनिबार फिर्ता लिएको छ ।
गोरखाको पालुङ्टारमा आयोजना गरिएको लिगलिगे साइकल दौडको उपाधि हिमाल टमटाले जित्नुभएको छ ।
सङ्गीतकार दीपक शर्माको शब्द र सङ्गीतमा तयार भएको गीत ‘डाँडै पिपल’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताउनुभएको छ।
प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ। शनिबार सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको हो।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ।
नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राजपुरा पछाईं तेस्रो मदन भण्डारी स्मृति ५ किमी रोड रेसमा शनिबार पहिलो हुनुभएको छ । खुलातर्फ पुरुषमा मुकेश र महिलामा राजपुरा पहिलो हुनुभएको हो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले समयमै शहीद स्मारक ‘बी’ डिभिजन लिग गर्नेमा क्बलहरुले शङ्का व्यक्त गरेका छन् ।
नेपाली नाटक क्षेत्रमा चार दशक लामो अनुभव सँगाल्नुभएका कलाकार निशा शर्माले भर्खरै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपतिको जिम्मेवारी पाउनुभएको छ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले व्यवसायमैत्री कानुन निर्माणमा आफू सधैँ तयार रहेको बताउनुभएको छ ।