गोर्खा ट्रेइलबेजर नेपाल धरानको पहिलो संस्करणको उपाधि पुरुषतर्फ देवराज बस्नेतले र महलातर्फ छेन्बीमाया राईले जित्नुभएको छ ।
यो साता आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको खेलले सबैभन्दा बढी चर्चा पायो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय सिमकोटले बिक्री गर्दैआएको रासन कार्डका उल्लेख गरिएको परिवार सङ्ख्या यकिन गर्न समिति गठन गरेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सन्तोष बुढा मगरले नुनदेखि सुनसम्म आयातमा भरपर्दा मुलुक गरिबीको दलदलमा फसेको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ ।
चिकित्सकहरूले अन्धोपनबाट जोगिन नियमितरुपमा आँखाको परीक्षण गर्न सुझाव दिएका छन् । विश्व जलविन्दु सप्ताहको रूपमा शनिबार नेपालगञ्जमा भिजन आँखा अस्पतालले आयोजना गरेको सचेतनामूलक कार्यक्रममा नेत्ररोग विशेषत्रज्ञ डा. प्रचण्ड गौतमले जलविन्दुलाई अन्धोपनको प्रमुख कारण भएको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेपाली क्रिकेट टोलीका सदस्यहरूलाई पुरस्कृत गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् र सातै प्रदेश सभा सदस्यको सम्मानमा आज (शनिबार) बिहान ९ बजे राष्ट्रपति भवनमा चियापान समारोहको आयोजना गर्नुभएको छ ।
शान्त रहेको मनको चैन एकाएक उद्वेलित भयो । रबरमा टाँसिएको खुट्टाजस्तै जोडसँगले टाँसियो दिमागको ढक्कन । होस गुमेको पल यहीँ हो गल्ती हुने । कतै रापिलो झिल्को निस्केर यही चेत दिएको थियो । त्यही बेला हो मैले बल गरेर आँखा बन्द गरेको । नत्र खुला आँखाले दृश्य हेरेर, मनले आक्रोश पोख्दो हो । मुखको सोझो बाटो भएर ।
मुलुकको सङ्घीय राजधानीमा रहेको काठमाडौँ महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ ।
१. सुनकोशी सुनजस्ती, तामाकोशी तामाजस्ती अटल लाग्छिन् गौरीशङ्कर, मेरै आमाजस्ती । तोरी फुल्दा मधेशझैँ कस्ती मग्मगाउँछिन् जूनकीरीझैँ अँधेरीमा ज्योति जग्मगाउँछिन्
कुहिरोभित्रको घाम रुँदै छ कि हाँस्दै छ थाहा हुन्न मनभित्र उज्यालोको रहर मर्दै छ कि बाँच्दै छ थाहा हुन्न ।
बेजमानीको बात म के जानूँ चोरी ठगीको भात म के जानूँ ! विश्वास विश्वासमै हुर्कें, बढेँ अविश्वासको लात म के जानूँ !