काठमाडौं, चैत ४ गते। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ। जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। भोलि आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भावका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।काठमाडौँमा आज अपराह्न हल्कादेखि मध्यम वर्षा भएको छ। प्रि–मनसुनी वर्षाले उपत्यकामा केही चिसो महसुस भएको छ। महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा तीन मिलीमिटर वर्षा मापन गरिएको छ। आज सबैभन्दा धेरै ओखलढुङ्गामा १० मिलीमिटर वर्षा भएको छ। ताप्लेजुङमा दुई, भैरहवामा तीन, नेपालगन्जमा दुई र धनगढीमा एक मिलीमिटर वर्षा भएको छ। आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव पाँच र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको छ। रासस
त्रिभुवन विश्वविद्यालयले भोलि चैत ५ मा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सबैलाई सहयोग गर्न अपिल गरेको छ ।
कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार नागरिक अभिनन्दन तथा रथारोहण भएको छ।
गुल्मीको तम्घासमा चार जना डेरी व्यवसायी मिलेर डेरी उद्योग सञ्चालनमा ल्याएका छन् । यहाँ डेरी व्यवसाय गर्दै आउनुभएका नवराज भुसाल, बालकृष्ण भण्डारी, नर्जन श्रेष्ठ र जुद्ध बस्नेतले रेसुङ्गा नगरपालिका– ९ मा गुल्मी डेरी उद्योग प्रालि सञ्चालन गर्नुभएको हो ।
शहीद स्मारक ‘ए’ डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार एक दिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई दशरथ रंगशालामा सम्मान गरेको छ ।
अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका –८ दोखुका किसानलाई कृषि प्रयोजनका सामग्री वितरण गरिएको छ । कृषि क्षेत्रमा संलग्न स्थानीय किसानलाई टनेल, ड्रमलगायतका सामग्री वितरण गरिएको हो ।
काठमाडौं महानगरपालिका-९ तिलगङ्गामा ना ३ ख ६०६४ नम्बरको गाडीको ठक्करबाट शनिबार पैदल यात्रीको मृत्यु भएको छ।
तिलोत्तमा गोल्डकप फूटबल प्रतियोगिता २०७९ शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम फुटबल संघले रुपन्देही–११लाई ३–१ गोलले हरायो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी थारुले सङ्घीय निजामती ऐन यही अविधेशनबाट टेबुल हुने बताउनुभएको छ । जनकपुरधाममा शनिबार आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मधेश प्रदेशको दोस्रो अधिवेशनमा उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि निर्वाचन सुरु भएको छ। शनिबार संघको नेतृत्वका लागि मतदान सुरु भएको हो।
गायक ईश्वर मगियाको आधुनिक गीत ‘मन भित्र’ बजारमा आएको छ । गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ ।
सकारलाई विश्वासको मत दिने विषयमा सत्ता गठबन्धनका १० दल सहमत भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ । शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
शिक्षाले हरेक व्यक्तिको सर्वाङ्गीण विकास गर्दै असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्न प्राविधिक शिक्षालाई अनिवार्य बनाउनुपर्नेमा सरोकारवालाले सुझाव दिएका छन् ।