घोडेजात्रा पर्व मनाइने क्रममा काठमाडौँको टुँडिखेलमा दर्जनौँ घोडा दौडिरहेका बेला ललितपुरमा भने एउटा मात्र घोडा दौडिरहेको थियो । टुँडिखेलमा जस्तो उच्च पदस्थ अधिकारी र युद्ध कलामा खारिएका नेपाली सेना ललितपुरमा थिएनन् न त दर्शकको उल्लेख्य भीड नै थियो । जति चासो र चर्चा टुँडिखेलमा हरेक वर्ष मनाइने घोडेजात्राको हुन्छ, त्यति नै चर्चा मल्लकालदेखि चल्दै आएको ललितपुरको घोडेजात्राको हुँदैन । ललितपुरवासीले आफ्नो परम्परालाई जोगाउँदै ललितपुरमा हरेक वर्ष एकल घोडेजात्रा पर्व मनाउँदै आएका छन् ।
वि.सं. २०७९ निर्वाचन वर्षकै रूपमा रह्यो । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधि सभा हुँदै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएको छ । लोकतन्त्रको संस्थागत विकासका निम्ति आवधिक निर्वाचन अनिवार्य सर्त नै हो । यी सबै निर्वाचनसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभाको निर्वाचन भएर पुस १० गते प्रधानमन्त्री पद सम्हाल्नु भएका प्रचण्डलाई राष्ट्रिय सहमतिको खोजी गर्नेक्रममा छोटो समयमै दोस्रो पटक विश्वासको मत लिनुपर्ने राजनीतिक र संवैधानिक आवश्यकता आइप¥यो । यो कार्य सहज रूपमा पूरा भएको छ । सत्ता गठबन्धनमा आबद्ध १० राजनीतिक दलको समर्थनमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनु भएपछि राजनीतिक स्थायित्वको आधार बलियो भएको छ ।
सार्वजनिक प्रशासन सरकारको सेवा प्रवाहको एक महत्वपूर्ण र आवश्यक संयन्त्र हो । सरकार र जनताबीचको दरिलो र स्थायी सम्पर्क सूत्रको रूपमा रहेको सार्वजनिक प्रशासन सरकारको स्थायी संयन्त्र विषयगत विज्ञता, कार्यगत विशिष्टताले युक्त हुन्छन् । समय, शिक्षा, प्रविधिको परिवर्तनसँंगै राजनीतिक र शासकीय आयाम धेरै परिवर्तन आउँछन् र यी परिवर्तनले स्वभावत सार्वजनिक प्रशासनमा पनि परिवर्तनका धेरै दबाब सिर्जना गर्छन् । यस्ता दबाबले सार्वजनिक प्रशासनको भूमिका परिवर्तित सन्दर्भमा वा विद्यमान प्रशासनिक पर्यावरणीय सन्दर्भमा अझै प्रभावकारी हुनुपर्ने विषयमा जोड दिने गर्छ ।
साधारण बोलीचालीको भाषामा हामीले नेपाललाई जलस्रोतमा विश्वकै दोस्रो धनी देशको रूपमा चित्रण गर्ने गरिएको भए पनि सो भनाइ र विश्वासलाई पुष्टि गर्ने आधिकारिक तथ्य भने सार्वजनिक भएको देखिएको छैन । तथापि नेपालमा उपलब्ध स्वच्छ पानीको मात्रा र जनसङ्ख्याको अनुपातका आधारमा चाहिँ हाम्रो देशको हालसम्मको अवस्था तुलनात्मक रूपमा राम्रो मान्न सकिन्छ । अर्थतन्त्रका मुख्य आधार मानिएका कृषि, जलविद्युत् र पर्यटन क्षेत्रसमेत प्रत्यक्ष अप्रत्यक्ष रूपमा जलस्रोत
यहाँ निर्माण सुरु भएका करोडौँ रकमका राष्ट्रिय गौरवका योजना अलपत्र परेका छन्। सरकारी लगानी खेर गइरहेको छ। जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका–५ को रुकुमकोटमा पाहुनाघर बन्न लागेको करिब चार वर्ष भयो, अझै सकिएको छैन। सङ्घीय सरकारको दुई करोड ७५ लाख रुपियाँ बजेटबाट विशिष्ट व्यक्तिका लागि १२ कोठाको पाहुनाघर निर्माण गर्न लागिएको हो। पटक–पटक समय थप गरेर तीन वर्षमा भवन उभ्याइए पनि सबै काम सकिएको छैन। हाल अलपत्र अवस्थामा छ।
नगरपालिकाले कुहिएको मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको मकैको बीउ कुहिएको पाइएको हो । नगरपालिकाका विभिन्न वडामा वितरण गरिएको साढे ६ टन मनकामना–३, जातको मकैको बीउ कुहिएको तानसेन–९, का किसान दिनेश पाण्डेयले बताउनुभयो ।
चार वर्षपछि तानसेनको टुँडिखेल मैदानलाई स्तरोन्नति गर्ने काम सकिएको छ । नगरपालिकाको प्राङ्गणअगाडि बनेको टुँडिखेल मैदानलाई गुरुयोजनाअनुसार स्तरोन्नति गर्ने काम चार वर्षमा सकिएको नगरपालिकाले जनाएको छ। टुँडिखेल सुधार योजनाअन्तर्गत चार वर्षदेखि टुँडिखेल मैदानलाई सम्याउने, खेल्न मिल्ने खालका दुबो लगाउने कार्य भइरहेको थियो। हाल उक्त कार्य सकिएर नगरपालिकालाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको निर्माण व्यवसायीले जनाएको छ। भलिबल, फुटबल, क्रिकेट तथा अन्य खेल खेल्न तथा प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्न सकिने गरी टुँडिखेल मैदानको निर्माण कार्य सकिएको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले खेलाडी देशको सम्पत्ति भएको बताउनुभएको छ। प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा टाइगर कप भलिबल प्रतियोगितामा विजयी खेलाडीको सम्मानमा आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो।
स्याङ्जाको चापाकोटमा रहेको गङ्गालाल माध्यमिक विद्यालयले विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेको छ । शिक्षालाई व्यावहारिक र जीवनोपयोगी बनाउन पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिनुभयो । विद्यालयले आफ्नै प्रयास र लगानीमा कार्यक्रमअन्तर्गत कृषि खेती सुरु गर्न लागेको प्रधानाध्यापक भट्टराईले जानकारी दिनुभयो । चापाकोटमा समथर भूमि रहेको र विद्यालयको पनि प्रशस्त जग्गा रहेकाले कार्यक्रम प्रभावकारी हुने भट्टराईको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र सबै नेपालीका घरमा विद्युत् सुविधा पु-याउने गरी प्राधिकरणले तयारी गरिरहेको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ६ मा निर्माण भएको ३३÷११ केभीको सराङघाट सबस्टेसन उद्घाटनका क्रममा घिसिङले सरकारले निर्धारण गरेको सो लक्ष्य पूरा गर्न प्राधिकरणले विद्युत् आपूर्ति प्रणालीमा व्यापक सुधार गरिरहेको बताउनुभएको हो ।
तराईको अति पिछडिएको दलित समुदायमा पर्ने मुसहर समुदायका अधिकांश बालबालिका अझै पनि विद्यालय बाहिर छन्। गरिबीका कारण अभिभावक इँटा उद्योगमा मजदुरी गर्न जाँदा यहाँका मुसहर बालबालिका पढाइबाट बञ्चित हुनु परेको हो। अभिभावकसँग गाउँमै बसेका बालबालिका पनि अशिक्षाका कारण विद्यालयको पहुँचभन्दा बाहिर छन्। तराईका प्रत्येक मुसहर बस्तीमा पुग्दा मुसहर बालबालिका गाउँमै खेलेर बसेको भेटिन्छन्। बसबरिया गाउँपालिका–३, भवानीपुर गाउँकी मन्मादेवि माझीले गाउँका धेरै बालबालिका विद्यालय नजाने गरेको बताउनुभयो।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट बुधबार विश्वासको मत लिने हुनुभएको छ। प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलले मङ्गलबारसम्म नेकपा माओवादी केन्द्रको सरकारलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गरेका छैनन्।
विश्व समावेशी संस्था काठमाडौँले सिन्धुपाल्चोकका पाँच विद्यालयलाई ५० थान कम्प्युटर सहयोग गरेको छ। चौताराको कृष्णरत्न गङ्गा माध्यमिक विद्यालय, रत्नराज्य मावि जुगल, क्षेत्रापलाश्वरी मावि पाँचपोखरी, इन्दे्रश्वरी मावि मेलम्ची, जालपादेवी मावि, बाहुनेपाटीलाई १०/१० थान कम्प्युटर सहयोग गरेको उक्त संस्थाका कार्यक्रम संयोजक गौरी मालाकारले जानकारी दिनुभयो।
नेपाली चियाका लागि अहिले चिया परीक्षण तथा प्रवद्र्धन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सूर्योदय नगरपालिकास्थित कन्याममा निर्माण भइरहेको केन्द्रको निर्माण हालसम्म ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ । प्रदेश सरकारको ८० प्रतिशत र सूर्योदय नगरपालिकाको २० प्रतिशत साझेदारीमा निर्माण भइरहेको केन्द्र सञ्चालनमा आएपछि नेपाली चियालाई बजारीकरणका ठूलो सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आइतबार भएको निर्वाचनमा कर्णाली प्रदेशका ३९ क्याम्पसमध्ये ३५ वटाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।