सत्ता गठबन्धनका दलबीच सरकार गठनको प्रक्रिया एवम् यसको गृहकार्यबारे बैठक बस्ने भएको छ।
एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत सर्केगार्डमा बृहत् अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासले गति लिएसँगै विभेद र अपमान कम हुँदै जाने बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाको बैठकमा पेश भएको जातीय छुवाछूतविरुद्धको संकल्प प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै हुनुहुन्छ ।
धनगढीका व्यापारीहरूले सटर भाडा तिर्न धौधौ भएको बताएका छन् । पछिल्लो समय व्यापार, व्यवसाय चौपट भएपछि उहाँहरूलाई सटर भाडा तिर्न मुस्किल भएको हो ।
सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा जातीय भेदभाव, छुवाछूत, बलात्कार, हत्या, दमन, शोषणजस्ता उत्पीडनविरुद्धको संकल्प प्रस्तावमा छलफल सुरु भएको छ।
हिमाली जिल्ला म्याग्दीको बेनीमा सम्पन्न म्याग्दी कप–२०७९ आमन्त्रित म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लब दरवाङले जितेको छ ।
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाउनुभएको छ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १५औं स्थानमा उक्लिएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका –५ तारानगरमा चट्याङ लागेर एक घरमा क्षति भएको छ । स्थानीय कुन्नुनारायण चौधरीको घरमा चट्याङ लागेर क्षति भएको हो ।
खार्पुनाथ गाउँपालिकाले फागुन मसान्तसम्मको भौतिक र वित्तीय प्रगति न्यून भएको पाइएको छ । गाउँपालिकाले आयोजना गरेको अर्धवार्षिक समीक्षा र सुनुवाइ कार्यक्रममा सो अवस्था देखिएको हो ।
फ्रान्स राष्ट्रिय फुटबल टोलीको कप्तानमा युवा स्टार केलियन एमबाप्पे नियुक्त हुनुभएको छ । फ्रान्स फुटबल महासंघले मंगलबार राति २४ वर्षीय एमबाप्पेलाई टोलीको कप्तानमा नियुक्त गरेको हो ।
राष्ट्रिय सभाका सांसद डा. विमला राई पौड्यालले मङ्गलबार केही युवाहरूमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गर्नुभएको छ ।
पूर्वी नवलपरासीका अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेपछि विशेष अभियान सञ्चालन गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिनेगरी आज बुधबारका लागि तय भएको कार्यक्रम स्थगित भएको छ ।