खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै कार्यालय, विद्यालय, अस्पताललगायतका सार्वजनिक ठाउँमा मादक पदार्थ सेवन (मापसे) परिक्षण गर्ने भएको छ ।
गोरखापत्र अनलाइनकाठमाडौं, चैत ८ गते । राष्ट्रिय सभाको बैठक सुरुभएको छ । अपराह्न १ बजेदेखि सुरुभएको बैठकमा अहिले राष्ट्रिय सभाका सदस्यहरूले शून्य समयमा धारणा राखिरहनुभएको छ ।
रासायनिक मलमाथिको निर्भरता कम गर्न तथा अर्गानिक उत्पादनमा वृद्धि ल्याउन मधेश प्रदेशका सबै वडामा अर्गानिक मल उत्पादनका लागि उद्योग सञ्चालन गरिने भएको छ ।
चैतेदशैँको अवसरमा आज महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरको त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ ।
काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन । लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
नेपाल–चीनबीचको तातोपानी नाका र खासा नाकामा महिनैपिच्छे दुई देशका प्रशासन र सुरक्षा अधिकारीबीच बैठक हुदैं आईरहेको छ । केही समय अघिदेखि दुई देशका जिल्ला स्तरीय प्रशासनिक प्रमुख र सुरक्षा अधिकारीबीच नाकाका बिषयमा छलफल हुदैं आएको छ ।
पर्सा राष्ट्रिय निकुन्जबाट निस्किएर गाउँमा पसेको बाघको आक्रमणबाट १ जना प्रहरीसहित तीन जना घाइते भएका छन् ।
दैलेख सुर्खेत सडक खण्डको तालपोखरीमा मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । नेपालगन्ज देखी मनकामना ग्याँस सिलिन्डर बोकेर दैलेख तर्फ आउँदै गरेको भे १ क २२०१ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
हातमा सीप र मनमा आँट भए कुनै पनि काम गर्न न बुढ्यौलीले छेक्छ ,न परिवारले रोक्छ । मोरङको कानेपोखरी ७ का गोरे विश्वकर्मा ७३ वर्षको भएर पनि आरनको सहारा लिएर महिनामा २२-२५ हजार रुपियाँ कमाउनु हुन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गर्नुभएको छ । उहाँले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपण गर्नुभएको हो ।
म्याग्दीको बेनी बजारमा टाँगिएको अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । बेनी नगरपालिकाले बजारमा रहेका अव्यवस्थित तारहरू हटाउन थालेको हो ।
लाहान नगरपालिका–१० मा खुटी नहरको पानी सिँचाइको लागि निकाल्न निर्माण भइरहेको हेडवर्क्स अन्तिम चरणमा पुगेको छ । यो काम सम्पन्न भएसँगै नहर सञ्चालनमा आउने भएको छ ।
डाँडा पाखा चउर सबमा छैन शोभा र कान्ति नाङ्गो, फुस्रो, मलिन छ धरा छैन आभा र दीप्ति ।