• २४ वैशाख २०८१, सोमबार

गोर्खा ट्रेइलबेजर नेपाल धरानको उपाधि देवराज र छेन्बीलाई

blog

पुरुषतर्फ उपाधि विजेता देवराज बस्नेतलाई पुरस्कार प्रदान गरिँदै । तस्बिर : तस्बिर

निशा राई

धरान, चैत्र ४ गते । गोर्खा ट्रेइलबेजर नेपाल धरानको पहिलो संस्करणको उपाधि पुरुषतर्फ देवराज बस्नेतले र महलातर्फ छेन्बीमाया राईले जित्नुभएको छ ।

निर्धारित ८.५ किमी दौड देवराजले ३१ मिनेट  २५ सेकेन्डमा पूरा गर्नुभयो । छेन्बीले ४३ मिनेटमा ७ सेकेन्डमा  पूरा गर्दै उपाधि जित्नुभएको हो । उहाँहरूले जनही १५ हजार रुपैयाँसहित प्राप्त      

पुरुषतर्फ दोस्रो  विजेता धरानका प्रशान्त तामाङले ३७ मिनेटमा दूरी पूरा गर्नुभयो भने  तेस्रोमा  खोटाङका जुनेश खड्काले ३२ मिनेट ३२ सेकेन्डमा र चौथो हुने बिर्तामोडका समीर कन्दङ्वाले ३१ मिनेटमा ४९ सेकेन्डमा  दूरी  पार गर्नु भएको थियो । उहाँहरूले क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार रुपियाँसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नुभयो ।

यसैगरी महिला उपाधितर्फ दोस्रो हुने सङ्खुवासभाकी सुनकला राईले ४४ मिनेट १३ सेकेन्डमा तेस्रो हुने धरानकी इन्द्रकला लिम्बूले ४४ मिनेट ५२ सेकेन्डमा र चौथो हुने धरानकी कल्पना राईले ४६ मिनेट ३१ सेकेन्डमा  दूरी पार गर्नुभएको हो । 

विजेतालाई  क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार र ३ हजार रुपियाँसहित प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । यसैक्रम्मा स्मृति पार्कमा औपचारिक कार्यक्रम आयोजना गर्दै दोस्रो विश्वयुद्ध लडेका दुई वीर गोर्खाली योद्धाहरूलाई पनि सम्मान गरिएको थियो  ।

धरान उपमहानगरपालिकाको नगरप्रमुख हर्कराज राईले तेह्रथुम घर भई हाल धरानमा बस्दै आउनुभएको १ सय एक वर्षीय धनदल लिम्बू र सङ्खुवासभा घर भई हाल विराटनगर बस्दै आएका १ सय एक वर्षीय मगबहादुर लिम्बूलाई सम्मान गर्नुभयो ।

वीर योद्धाको सम्मानमा स्थापित गोर्खा सिमेट्री ट्रष्ट नेपालले प्रथम गोर्खा ट्रेइल ब्लेजर, २०२३ को अवसरमा योद्धाहरूलाई पनि  सम्मान गरेको हो । नेपालमा पहिलो पटक गोर्खा सिमेट्री ट्रष्ट नेपालले गोर्खा ट्रेइल ब्लेजर २०२३ नेपाल धरान आयोजना गरेको हो ।