नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चारमाध्यमको सङ्ख्या मात्र बढेको तर विश्वसनीयता बढ्न नसकेको बताउनुभएको छ ।
गण्डकी सरकारबाट नेकपा (माओवादी) का दुई मन्त्रीले राजीनामा बुझाएका छन्। माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र वनमन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका हुन्।
सामाजिक रूपमा रहेको बालविवाहलाई रोक्न धामिझाँक्री र पुरोहितलाई परिचालन गरिएको छ । जिल्लाको तिलागुफा नगरपालिकाले धामिझाक्री र पुरोहित सम्मेलनको आयोजना गरी बालविवाह रोक्न धामिझाँक्री परिचालन गरेको हो ।
शुक्रबार सार्वजनिक नतिजा अनुसार देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला काठमाडौ रहेको छ।
नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति अघि बढ्न नसक्ने बताउनुभएको छ । एमाले देशको मियो अर्थात् नेता शक्ति रहेकाले एमालेलाई केन्द्र मानेर राष्ट्रिय राजनीति घुमिरहेको बताउनुभयो ।
नेपालमा मातृ मृत्युदर घटेको अध्ययनले देखाएको छ।
कुल जनसङ्ख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता देखिएको छ।
कोशी प्रदेश नामाङ्कन खारेजीको मागसहित पहिचानवादी समूहले गरेको विराटनगर प्रदर्शनमा घाइते भएका पदम लिम्बु लाजेहाङको शुक्रबार मृत्यु भएको छ । उहाँलाई शहीद घोषणा गर्नुपर्ने सङ्घर्ष समितिले माग गरेको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हरेक निकायमा युवा प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको छ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जुनसुकै निकायमा भ्रष्टाचार रहेको बताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने शुल्क घटाउन भारत सकारात्मक रहेको बताउनुभएको छ ।
पूर्वमुख्यसचिव लिलामणि पौडेलले बैंकको ब्याजदर मूल्य वृद्धिदरभन्दा माथि हुनुपर्ने बताउनुभएको छ । शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टीको अर्थ विभागले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै पौडेलले यस्तो बताउनुभएको हो ।
यस वर्षको वसन्तकालीन यामको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आज (शुक्रबार) देखि आरोहण अनुमति दिन सुरु गरिएको छ ।
सरकारले प्रसव फिस्टुलाको उपचारका लागि तीनवटा अस्पताल तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना निकाल्दै सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, काठमाडौं मोडेल अस्पताल, काठमाडौं र पादेशिक अस्पताल, सुर्खेत गरी तीनवटा अस्पताललाई प्रसव फिस्टुलाको उपचारका केन्द्र तोकेको जनाएको छ ।