राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त विभिन्न देशका राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
आयोजक न्यू डायमन्ड क्लबले बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित बहुउद्देस्यीय कभर्डहलमा बिहीबार भएको खेलमा न्यू डायमन्डले परोपकार महिला टिमलाई ३–० को सोझो सेटमा हरायो ।
कीर्तिपुरले राष्ट्रव्यापी खेलकुद अन्तर्गत यू–२३ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार लगातार दोश्रो जित हात पारेको छ । पहिलो खेलमा बुधबार कीर्तिपुरले आईएस नेपाललाई पराजित गरेको थियो ।
वनजंगलका जनावर र चराचुरुङ्गीका लागि पानी खान सहज बनाउन म्याग्दीका जंगलभित्र पोखरी निर्माण गरिएको छ । जिल्लाका सामुदायिक वनमा उक्तखालका पानी जम्मा गर्न मिल्ने पोखरी निर्माण गरिएको हो ।
प्रजनन् स्वास्थ्य अधिकारलाई मानव अधिकारको दृष्टिकोणले हेर्नुपर्ने दाबीसहित प्रजनन् स्वास्थ्य अधिकार कार्य समूहले अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनलाई प्रतिबन्ध लगाउन गरेको फैसलाप्रति असन्तुष्टि जनाएको छ ।
गणतन्त्र भारतका आवासीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ।
कैलालीमा बिहीबार १२ जना उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिकाले नगरका १२ वडाबाट एक एक जना किसान छनौटगरी उत्कृष्ट किसान लाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको हो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते सोमबार बस्ने भएको छ।
रौतहटस्थित राजपुर नगरपालिका प्रमुख बैंजु ठाकुरले सूचना उपलब्ध नगराएको आरोपमा राष्ट्रिय सूचना आयोग काठमाडौंले जरिवाना गराएको छ ।
कैलालीको कैलारी गाउँपालिकाका वडा अध्यक्षहरुले वडामा डल्लो बजेट माग गर्नु भएको छ । छरिएको बजेटले जनताको चाहना अनुसार वडामा विकास गर्न नसकिने भन्दै उहाँहरुले वडामा डल्लो बजेट माग गर्नु भएको हो ।
बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलवारी) पार्कमा पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार बिसे नगर्चीको शालिक बन्ने भएको छ । शालिक निर्माणका लागि पूर्वराजदुत पदम सुन्दासले बुधबार एक समारोहका वीच शिलान्यास गर्नुभएको हो ।
माटो जोगाउँ भन्ने मुल नाराका साथ सचेतना जोगाउँदै एक युवा मेचीकाली म्याराथुन दौड सुरु गर्दै झापा आइपुग्नुभएको छ । काठमाडौंको टुंडिखेलबाट १७ दिन पहिले दौड सुरु गर्नुभएका पर्वतका युवा नविन पुनमगरले झापामा आफ्नो सचेतना अभियान सञ्चालन गर्नुभएको छ ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठक असार २७ र २८ गते बस्ने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
शेयर बजार मापक नेप्से परिसूचक बिहीवार उच्च अङ्कले वृद्धि भएको छ । साताको आइतवार उच्च अङ्कले बढेको नेप्से पछिल्लो तीन दिन भारी अङ्कले गिरावट भएको थियो । तर, बिहीवार भने नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएर परिसूचक दुई हजार बिन्दुमाथि पुगेको छ ।