प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बालबालिका तथा युवाहरूलाई व्यावसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ ।
पूर्व–पश्चिम राजमार्गस्थित धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छ ।
मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखर पौवा चल्ने फोहोर बोक्ने गाडीलाई आजबाट ( शनिबार) टाइम कार्ड लागू गरेको छ । ट्राफिक प्रहरीले सहज र सुरक्षित यात्रा तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्ड लागु गरेको जनाएको हो ।
कोशी प्रदेश नामकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ ।
चालु आर्थिक वर्षको पछिल्लो आठ महिनाको अवधिमा बेनी नगरपालिका क्षेत्रबाट बसाइ सरेर आउने भन्दा जानेको सङ्ख्या बढी देखिएको छ ।
जाजरकोटमा अधिकांश मेडिकल तथा फार्मेसी दर्ता तथा अनुमति विना नै सञ्चालन हुने गरेको पाइएको छ । जिल्लामा करिब ६० वटा भन्दा बढी मेडिकल सञ्चालनमा रहे पनि १२ वटा मात्र दर्ता भएको पाइएको छ ।
नेपालमा टोलटोल र डबलीमा देखाइने नाटकको आफ्नै किसिमको परम्परा थियो । हामीले अहिले हेर्ने पश्चिमी शैलीको ‘थिएटर’ नाटक भने नाट्यसम्राट् बालकृष्ण समले भित्र्याउनु भएको हो । उहाँले नाटक लेख्ने, मञ्चन गराउने काम मात्र गर्नुभएन, नाटकको एउटा पुस्ता नै तयार पारिदिनु भएको थियो । समले तयार पारिदिनु भएको त्यो पुस्ताको पनि अन्त्य भइसकेको छ ।
गुलियो चुसिसकेको चुइङ्गमजस्तो जिन्दगी भुइँमा फाले पनि फेरि टाँसिएर बस्छ खुट्टाहरूमा र, हिँड्न गाह्यो बनाइजान्छ– जिन्दगी
धामी झाँक्रीको भर पर्दा कैलालीको गोदावरी नगरपालिका –८ स्याँउलेगाउँमा एक गर्भवती महिलाको ज्यान गएको छ । अस्वस्थ भएपछि घरमा धामीलाई बोलाएर झारफुकको भर गर्दा २२ वर्षीया कल्पना विकको ज्यान गएको हो ।
‘‘आज पनि महारानीको सवारी भएको छैन, रातको आठ बजिसक्यो । होइन हो ! ‘काम छ ! काम छ !’ मात्र भन्छे तेरी श्रीमती ! तँ पनि डाक्टर हो । तेरो बाबु पनि अझै काम गर्दै हुनुहुन्छ तर तेरी श्रीमतीको चाहिँ फुर्ती र ढाँचा हेर्नु पर्छ बाफ रे बाफ ! कस्तो काम हो सधैँ ढिलो हुने ? बुहारी मान्छेले रातिराति गर्नुपर्ने काम किन गर्नु ? खानलाउन दुःख छैन अनि किन यो जात्रा गरेकी हँ तेरी श्रीमतीले । समयमै श्रीमतीलाई तह लाउनू है छोरा ! नत्र पछुतो होला । तीन महिना भयो तेरो बिहे भएको पनि आज । जागिरको पैसा दिने कुरो पनि केही गर्दिन । साँच्चै के काम हुन्छ भन् त बैङ्कमा ? कि
नेपाली नियात्रा साहित्यमा लगभग सात सयको हाराहारीमा नियात्रा कृति प्रकाशित छन् । अमेरिका भ्रमणबारे मात्रै दर्जनौँ कृति लेखिएका छन् । तिनैको लहरमा उभिएको छ शरद निरोलाको नियात्रा सङ्ग्रह ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’ । त्रिविको सहप्राध्यापकको जागिर छोडेर तीन दशकअघि शरद निरोला अमेरिका जानुभएको हो । यही बसाइका क्रममा अमेरिकाका अविस्मरणीय घटना लिपिबद्ध रहेछ यो कृतिमा ।
अलिनो मेरो बस्तीभित्र साँझ विस्तार ओर्लंदैछ ज्वरले दिमाग झ्याप्प छोपेजस्तो सुगरको रोगीको थकित गोडामा सूर्यको शक्ति शिथिल भएर
भ्रष्टाचार भिखारीका हुन् कथा हुन् ती दरिद्री मन सारा यो धरती र द्रव्य धन सब जोड्ने छ भित्री मन । मात्रै केवल त्यै कमाइकन धन बित्यो सबै जीवनी इच्छा पूर्ण नभई ऊ मर्छ विचरा सच्चा भिखारी बनी ।
पञ्चतत्त्वद्वारा निर्मित एक विचित्रको सजीव यौगिक हो– मानव शरीर । यो निकै रहस्यमय रसायनहरूको महाभण्डार र ईश्वरको प्रयोगशाला हो, नित्य नैसर्गिक जीवन प्रक्रियाहरूको निष्काम कर्मथलो हो, महाब्रह्माण्डको सारांश हो । अनि जीवतìवलाई आफ्नो सङ्गीतमय अभिव्यक्तिका लागि सारङ्गी हो । ईश्वरको यो महान् आविष्कारलाई जतन गर्नु र योमार्फत जीवनको यथार्थता जान्नु मानवको कर्तव्यसहितको उद्देश्य हो । शरीरको ख्याल गर्नु स्वधर्म हो । स्वधर्म शरीरलाई सत्यसँग परिचय गराउने सत्गुरु हो । अर्थात् शरीररूपी रथलाई सही मार्गमा हिँडाउने रथी हो ।