• २७ वैशाख २०८२, शनिबार

जुनसुकै निकायमा भ्रष्टाचार छ : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ।

काठमाडौं, चैत १० गते।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जुनसुकै निकायमा भ्रष्टाचार रहेको बताउनुभएको छ। 

अर्थतन्त्र सुधारका लागि नेकपा (एस)ले शुक्रबार आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपाय विषयक विचार गोष्ठीमा उहाँले अर्थतन्त्रको लागि प्रचुर सम्भावना भएका मुख्य क्षेत्रहरू हाइड्रोपावर, पर्यटन लगायतका सबै क्षेत्रमा भ्रष्टाचारका कारण विकासका काममा अवरोध आउने गरेको बताउनुभयो। उहाँले नेपालको कृषि क्षेत्र अर्थतन्त्रको आधारशिला बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो। 

अध्यक्ष नेपालले भन्नुभयो, “एउटा नदीमा दश वटा पुल बनेको छ, कुनैमा एउटा पनि छैन। सुशासनको पक्ष पारदर्शितासँग जोडिएको पक्ष हो। बिना पैसाको कुनै पनि काम हुँदै, हुँदैन। सेवादेखि कुनै पनि काममा राजनीतिक दबाबले काम गरेको छ। दूरगामी दृष्टिकोणको अभावले काम गरेको छ। सक्षम र दक्ष जनशक्ति निर्माण गर्ने कुरा पहिलो प्राथमिकतामा राख्नुपर्छ।”

उत्पादनको हरेक क्षेत्रमा पनि विभिन्न अवरोध आइरहेको भन्नुहुँदै उहाँले भन्नुभयो, “एउटा हाइड्रोपावरको स्रोतमा पालिकाले दिने दुःख, जग्गावालाले, प्राधिकरणले, मन्त्रालयले दिने गरेका दुःख, लगानीकर्ता यी सबै चीजमा घुमिफिरी सुशासनसँगै जोडिन्छ। विदेशबाट पैसा आउने कुरामा कुनै कमी छैन तर, यहाँभित्र पनि हिसाबकिताब हुन्छ।” 

उहाँले देशको सिमेन्ट उद्योगको क्षेत्रमा पनि यसखाले समस्या रहेको बताउनुभयो।