गत आर्थिक वर्षको अनुपातमा चालु आर्थिक वर्षमा हेटौँडा उपमहानगर क्षेत्रमा नयाँ भवन निर्माणमा कमी आएको छ। तराई–मधेशमा भएको आन्दोलनपछिका वर्षमा हेटौँडामा त्यहाँबाट बसाइँसराइले तीव्रता पाउँदै आएको छ। तराई–मधेशबाट बसाइँसराइ गर्ने, पहाड र छिमेकी पालिकाबाट झर्ने क्रम बढ्दो रहेको हेटौँडा उपमहानगर क्षेत्रमा चालु आर्थिक वर्ष २०७९/८० को गत माघ महिनासम्म भने नयाँ भवन निर्माणमा कमी आएको हो।
सत्ता साझेदार राजनीतिक दलहरू मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा मङ्गलबार निर्णायक संवादमा जुट्दैछन्। सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताको सोमबारको बैठकले मङ्गलबार सत्ता साझेदार दलहरूसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने निर्णय गरेको हो।
धनकुटा नगरपालिका वडा नम्बर २, सुन्तलेका ध्रुव बस्नेत ७१ वर्षको पुग्नुभयो। उहाँलाई करिब ६० वर्षयता एउटै कुराले कौतूहल जगाइरहेको छ। त्यो हो उहाँको घरनजिकै सल्लेरी सामुदायिक वनभित्र रहेको अनौठो घर। हालसम्म कुनै लिखित इतिहास फेला नपरेको र किंवदन्तीमै सीमित रहेको उक्त जङ्गलभित्रको ढुङ्गाको ओडारमा निर्मित घर कसले, कहिले र किन बनाएथ्यो भन्ने कौतूहल उहाँको मनमा वर्षौंदेखि रहिरहेकै छ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि एमाले पार्टीको बहुमत हुनुपर्ने बताउनुभएको छ।
मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सरेको छ।
मधेश केन्द्रित साना चार दलले लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन्।
मनाङ मस्र्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा सुरु भएको छ।राष्ट्रियस्तरको प्रदर्शनी यसअघि पनि आयोजना भएको थियो।
सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ ।
शून्यमा झरेको कोरोना सङ्क्रमण बढ्न थालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पर्यटनको अथाह सम्भावना रहेकोले यस क्षेत्रको विकास र विस्तारमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्वारा गरिएको छड्के जाँचका क्रममा तीन कार्यालय प्रमुखसहित उनन्तीस जना कर्मचारी अनुपस्थित रहेको भेटिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायका वेबसाइटहरूमा रहेका पुराना वेबपेजका सामग्री र लिङ्क हटाउन निर्देशन दिएको छ ।
सर्वोच्च अदालतमा जनयुद्ध दिवस खारेजीको माग गर्दै परेको रिट निवेदन दरपिठ भएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र माला आर्ट्स एकेडेमीको संयुक्त आयोजनामा ६२ औँ विश्व रङ्गमञ्च दिवस मनाइएको छ ।