उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले तीन महिनाको कार्य प्रगति विवरण सार्वजनिक गर्नुभएको छ।
एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताउनुभएको छ । यो मूल्य मस्कले पाँच महिनाअघि मात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधाभन्दा पनि कम हो ।
टोकियोले आफ्ना एक नागरिकलाई रिहा गर्न बेइजिङलाई आग्रह गरेपछि चीनले जासुसीको आरोपमा एक जापानी नागरिकलाई हिरासतमा लिएको सोमबार पुष्टि गरेको छ ।
यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज (सोमबार) दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताउनुभएको छ।
हरेक वर्ष नयाँ शैक्षिक सत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि होइनन् भन्ने चिन्ता हरेक अभिभावकलाई हुने गर्दथ्यो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश सोचे भन्दा फरक रहेको बताउनुभएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगका सदस्य टुन्जे बराइलीले आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालले चैत १७ गतेदेखि २० गतेसम्म २४ औँ 'फ्लोरा एक्स्पो' गर्ने भएको छ।
ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोको साओ कार्लोस सहरको एक रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।
गरिबीका कारण विगत आठ वर्षदेखि प्लाष्टिकको छाप्रोमा बस्दै आउनुभएका सत्रुधन सदाको घर बन्ने भएको छ ।
सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यही चैत १५ गतेदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्ने भएको छ ।
यो वर्ष पाल्पाबाट चार हजार ५४६ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने भएका छन् ।
प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक उपरथीमा बढुवा हुनुभएका प्राविधिक सहायक रथी डा. अरुण शर्मालाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ।