शाक्य गणराज्यको राजधानी प्राचीन तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि मनोनयन दस्तावेज तयार पार्न विज्ञहरूसँग छलफल गरिएको छ। नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषले अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका विज्ञहरूसँग कार्यशाला गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि दस्तावेज तयार पार्ने कामलाई तीव्रता दिएको हो।
चराहरूसँग अन्तरसंवाद ती चराहरू जो कावा खाँदै उडिरहेका थिए
वयस्क सालको रुख। हलक्कै बढेको छ तर फेदमा गाँठागुठी भएर मानिसको भुँडी उठेजस्तो फुडुल्को देखिन्छ। त्यही गाँठागुठीलाई ‘क्याङ्कर’ भनेर चिनिन्छ। बिरुवा हुर्कंदै जाने क्रममा डाँठमा सङ्क्रमण हुँदा ‘क्याङ्कर’ हुन्छ। तराईका वन क्षेत्रमा मानवीय असरका कारण क्याङ्कर हुँदा आर्थिक ह्रास मात्र होइन, वन व्यवस्थापन प्रभावित बनेको छ।
अक्षते पहिलेको गाउँ, अहिलेको बजार । वरपर खेतीयोग्य जमिन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते पछिल्लो एक दशकमा यसको मुहार नै बदलिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने अक्षते ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रजस्तै हो ।
स्याङ्जामा १० वर्षमाथिका झन्डै ३४ प्रतिशत नागरिक आर्थिक गतिविधि तथा कामकारबाहीमा निष्क्रिय रहेको पाइएको छ। आर्थिक काममा संलग्न रहन सक्ने जनसङ्ख्याको ३३ दशमलव ४ प्रतिशत नागरिक आर्थिक रूपमा निष्क्रिय अथवा बेरोजगार रहेको २०७८ सालको जनगणनाको तथ्याङ्कमा उल्लेख छ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा तनहुँबाट करिब छ हजार विद्यार्थी सहभागी हुने भएका छन्। यही चैत १७ देखि २९ गतेसम्म हुने उक्त परीक्षामा पाँच हजार ७६६ विद्यार्थी सहभागी हुने जनाइएको छ। नियमिततर्फ पाँच हजार ५३६, ग्रेड वृद्धिमा ७७ र प्राविधिक धारका १५३ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ तनहुँले जनाएको छ। जिल्लामा २६ वटा एसईई परीक्षा केन्द्र तोकिएको समन्वय एकाइका प्रमुख वसन्तराज पौडेलले बताउनुभयो।
बस्थ्यौँ रम्मिँदै अहा प्रियतमा ! स्वर्गै थियो झोपडी । उम्दा सुन्दर स्वच्छ वायुजलले, ताजा थिए खोपडी ।।
महालक्ष्मी विकास बैङ्कले सुदूरपश्चिमका सातवटा जिल्लाका ग्रामीण क्षेत्रमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि सञ्चालित योजनालाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेजस्तै विश्वमा विरलै देखिने कार्य नेपालमा देख्न, सुन्न र भोग्न पाइन्छ। कुनै पनि दातालाई हारगुहार गरेर अनुदानमा सडक बनाइन्छ। वास्तवमा निर्माणसम्पन्न गर्नु विकासको आकाङ्क्षा पूरा गर्नु हो। सडक निर्माण गर्नुपर्छ तर सोही सडक केही समयपछि अर्को पक्षबाट ऋण लिएर मर्मत गरिन्छ। त्यो पनि निर्माण तथा डिजाइनमा कमजोरी भएको भन्दै ऋण सहयोग लिएर मर्मत थालिएको छ। सिधा अर्थमा भन्नुपर्दा यसलाई विकास प्रक्रियामा विडम्बनाको एक प्रखर नमुनाका रूपमा लिनुपर्दछ। सम्भवतः विश्वका कुनै मुलुकको विकास प्रक्रियामा यस प्रकारको विडम्बनायुक्त निर्माण विरलै देख्न पाइन्छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधि सभामा उपस्थित सांसदमध्ये १७२ जना सांसदले विश्वासको मत दिएका छन्। दुई महिनाभित्रमै प्रतिनिधि सभामा दोस्रो पटक विश्वासको मत प्राप्त गर्न सफल भएका प्रधानमन्त्री प्रचण्ड अब चाँडै नै मन्त्रिपरिषद् विस्तारसमेत गर्दै हुनुहुन्छ। सरकारले प्रतिनिधि सभामा विश्वासको मत हासिल गरेसँगै देशमा स्थायी शान्ति, आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको दिशामा आफ्नो ध्यान केन्द्रित गर्ने निश्चित छ। नेपाली राजनीतिको अस्थिर चरित्रलाई सुधार गर्न र देशमा राजनीतिक स्थायित्व कायम गर्न पनि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले निरन्तरता पाउनु आवश्यक थियो।
शिक्षालाई मौलिक हकमा राख्ने थोरै मुलुकको सूचीमा नेपाल पनि पर्छ। यसैले नेपालको संविधानमा मौलिक हकको ग्यारेन्टी गर्ने कार्यअन्तर्गत शिक्षासम्बन्धी हकलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरिएको छ। आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क बनाउने विषयलाई समेत मौलिक हककै रूपमा राखिएको छ। नेपालमा शिक्षासम्बन्धी हकको दायरालाई फराकिलो पार्दै मौलिक हकका रूपमा आत्मसात् गरिएको छ।
अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पु-याउने कृषि क्षेत्र खुम्चिँदै गएको छ। आर्थिक वर्ष २०७८÷७९ मा जीडीपीमा कृषिको योगदान २३ दशमलव ९५ प्रतिशत रहेको छ। यो पछिल्लो दस वर्षयताकै कम हो। आर्थिक वर्ष २०७०/७१ मा कृषि क्षेत्रको योगदान ३० दशमलव ३१ प्रतिशत थियो। जीडीपीमा झन्डै एकतिहाइ योगदान गर्दै आएको कृषि क्षेत्र निरन्तर ओरालो लागेपछि यस क्षेत्रमा चासो राख्नेहरूले चिन्ता व्यक्त गर्न थालेका छन्। अल्पविकसित देशबाट विकासोन्मुख मार्गमा लाग्दा कृषि क्षेत्रको योगदान घट्नु स्वाभाविक हो तर हाम्रो आन्तरिक उत्पादनले थेग्न नसकी कृषिमा परनिर्भरता बढ्नु चाहिँ दुर्भाग्य हो।
सञ्चारकर्मी कृष्णा ताम्राकारलाई धेरैले सुरिलो, छन्द मिलेको, जादुमय, कर्णप्रिय र बेजोड स्वरकी धनी भने। उनको आवाज वा स्वरमा मिठास भएको भनी प्रशंसा गरे, कालजयी र बिर्सन नसकिने सशक्त आवाजको संज्ञा दिए। उनको आवाजलाई कसैले स्वर्णिम भने त कसैले आवाजको दुनियाँमा आफ्नो बोलीले एकछत्र राज गरेको जनाए। उनलाई थोरैले मात्र दुर्गानाथ शर्मा, प्रवीण गिरी
भारततर्फ निकासी गर्ने गरी दुई वर्षअघि खरिद गरिएको सात सय टन जडीबुटी निकासी हुन नसक्दा सड्ने अवस्थामा पुगेको व्यवसायीले बताएका छन् । भारतीय प्लान्ट क्वारेन्टाइनले १६ प्रकारका जडीबुटीलाई निकासी सूचीमा नसमेटेकाले निर्यात हुन नसकेको जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्माले बताउनुभयो ।
वित्तीय पहुँच बढाउँदै महिलालाई आत्मनिर्भर बनाउने र भएका नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै दुईदिने महिला नेतृत्व शिखर सम्मेलन सम्पन्न भएको छ । नेपाल उद्योग परिसङ्घको महिला नेतृत्व मञ्चले आयोजना गरेको दुईदिने महिला नेतृत्व शिखर सम्मेलन आठबुँदे घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न भएको हो ।