• १३ साउन २०८१, आइतबार

छाउपडी उन्मूलन योजनालाई सहयोग

blog

काठमाडौँ, चैत १४ गते । महालक्ष्मी विकास बैङ्कले सुदूरपश्चिमका सातवटा जिल्लाका ग्रामीण क्षेत्रमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि सञ्चालित योजनालाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि ‘एक्सन वक्र्स नेपाल’ नामक गैरसरकारी संस्थाद्वारा सञ्चालित कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग प्रदान गर्न लागेको हो । योजनाअन्तर्गत गाउँपालिकाका विभिन्न वडामा सामाजिक सचेतनाका कक्षा, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधनको प्रयोग गरी पुनः प्रयोग गर्न सकिने सेनेटरी प्याड बनाउने तालिम प्रदान गरिने बैङ्कले जनाएको छ ।