त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट काठमाडौं आएका एक यात्रुको लगेज चेकजाँच गर्ने क्रममा १२५ ग्राम बराबर सुन फेला परेको छ ।
द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा युएन मिसनहरुको भावी योजना बारे जाकारी हासिल गर्ने उद्देश्यका साथ सरकारको स्वीकृतिमा लेवनान भ्रणम पूरा गरी प्रधान सेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरु सामेबार स्वदेश फर्किनुभएको छ ।
हिमाली जिल्ला म्याग्दीको बेनीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट खेल समावेश गरिएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले नदी कटानलाई रोक्नका लागि नदीसम्बन्धी छुट्टै ऐनको आवश्यकता रहेको बताउनुभएको छ ।
मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ ।
आसाम तेक्वान्दो सङ्घ तथा तितावोर डोजाङ्ग तेक्वान्दो एकेडमीद्वारा भारतको आसाममा भएको इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा मुविक्क्षा गजुरेल र रोजन प्रजापतिले दोहोरो पदक जित्नुभएको छ ।
नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले विकास बजेटलाई असार मसान्तमा आएर सक्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) आफू प्रधानमन्त्री भएकाबेला नपठाइएको बताउनुभएको छ । आफूले पठाएको कुनै प्रमाण भए पेश गर्न उहाँले सत्ता गठबन्धनका नेताहरुलाई चुनौति दिनुभयो ।
सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
सङ्घीय संसदको राष्ट्रियसभा बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजेबाट राष्ट्रियसभा बैठक सुरु भएको हो ।
तानसेन नगरपालिका क्षेत्रको छाडा चौपायको व्यवस्थापन गरिएको छ । तानसेन नगरपालिकाले रुरु गौसेवा आश्रमसँगको समन्वयमा गाईगोरुको व्यवस्थापन गरिएको हो ।
विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ । लन्डनमा आइतबार राति भएको खेलमा साविक विजेता जोकोभिचले डच खेलाडी टिम भानलाई ६-२, ४-६, ६-१, ६-२ को सेटमा हराउनुभयो ।
गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले हरायो ।