‘भविष्यमा राम्रो खेलाडी बनेर चिनिने मेरो लक्ष्य छ । उत्कृष्ट धावक बनेर राष्ट्रिय रूपमा परिचित हुने मेरो सपना हो’ । मुनासँगको कुराकानीमा रिकजना माझीले भनिन । म्याग्दीको मंगला गाउँपालिका–५, पोककी रिकजना मङ्गला माविको कक्षा ८ मा अध्ययनरत छिन । खेलकुदका साथै उनी पढाइमा पनि अब्बल छन् । हामीले कतै देखेका हुन्छौँ भीर पहरामा पनि राम्रो फूल फुलेको हुन्छ । दुई ढुङ्गाको बीचबाट उम्रिएको बिरुवा सङ्घर्ष गरेर उर्किएको हुन्छ । यस्तै उदाहरण हुन रिकजना । उनी लाखौँ बालबालिकाका लागि एउटा प्रेरणाको स्रोत हुन सक्छिन् ।
निर्वाचन आयोगमा ११७ राजनीतिक दल दर्ता भए पनि आगामी वैशाख १० गते तनहुँको क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा भाग लिन २६ दल दर्ता भएका छन् ।
क्यालेन्डरको मुलायम पातो त पल्टाउनै बिर्सन्छु र, बनाउँछु कार्ययोजना बितेको महिनाकै दिनहरू हेरेर अहँ, केही पनि मिल्दैन÷मिल्दै–मिल्दैन
जिल्ला अदालत दैलेखले १३ बर्षीया बालिका बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
महिनावारी सुकिसकेकी महिलामा एस्ट्रोजेनको प्रयोगले पाठेघरको क्यान्सर गराउँछ भने प्रोजेस्टेरोनले बचावट गर्दछ । अमेरिका तथा पश्चिमा मुलुकमा बढीजसो देखिने पाठेघरको क्यान्सर एस्ट्रोजेनको प्रयोग, महिलाको बढ्दो औसत आयु, मधुमेह एवं उच्च रक्तचाप अनि मोटोपनाका मामिलासँगै नेपाल
बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएका छन् ।
नबिल बैङ्कले हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । सन् २०२२ मा बैङ्कले गरेको लगानीमा सञ्चालित उद्यम, व्यवसाय र पूर्वाधार निर्माणले गरेको हरितगृह ग्यास उत्सर्जनबारे प्रतिवेदनमा उल्लेख छ । बैङ्कको लगानीको परियोजनाबाट सन् २०२२ मा ८० हजार ६७१ दशमलव ३७ टन बराबरको कार्बनडाइअक्साइड उत्सर्जन भएको सो प्रतिवेदनमा उल्लेख छ । यसैगरी जलविद्युत् र सौर्य ऊर्जामा गरिएको लगानीबाट दुई हजार १३१ दशमलव ८१ टन बराबरको कार्बन उत्सर्जन कम गरिएको छ ।
सूचना प्रविधिको उपयोगमार्फत अर्थतन्त्रको उत्थान हुने गरी सार्वजनिक सेवा प्रवाहमा व्यापक सुधार गर्न जरुरी रहेको सरोकारवालाले औँल्याएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले सोमबार राजधानीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताहरूले नवीनतम प्रविधिको उपयोग विस्तार गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन नीतिगत व्यवस्था, बजेट र जनशक्ति व्यवस्थापनमा सरकारले विशेष ध्यान दिन आवश्यक रहेको औँल्याउनुभएको हो ।
चौरजहारी नगरपालिका–३ को पुरानो सिँचाइ नहर भत्किएको छ। चौरजहारी टार सिँचाइ कार्यालयअन्तर्गत चौरजहारी नगरपालिका–३ देखि वडा नम्बर १ जाने पुरानो नहर भत्किएको हो। चौरजहारी टार सिँचाइ कार्यालयका अध्यक्ष अर्जुन कुमालका अनुसार नहरमा क्षमताभन्दा बढी पानी पठाइँदा निकास साँघुरो भएर भत्किएको हो। शनिबार दिउँसो परेको पानी र पोखरीको पानीसमेत नहरमा पठाइएको थियो। वडाको घारीपाखा–विजयश्वरी सडक निर्माणका क्रममा नहरको निकास बन्द भएको थियो। सोही कारण नहरको क्षमताभन्दा बढी पानी जम्मा हुँदा नहर भत्किएको अध्यक्ष कुमालले बताउनुभयो। सडक निर्माणको क्रममा पुरिएको नहरको माटो हटाइएको छैन।
पहिले नेपालका सबै पहाडी र हिमाली भेगका बासिन्दा नुन किन्न भोट तथा नेपालपट्टिका तिब्बती बजारसम्म जानु सामान्य नै थियो । तामाकोसी, अरुण, त्रिशूली, भोटेकोशी, मस्र्याङ्दी, कालीगण्डकी र कर्णालीका उपल्लो तटीय क्षेत्र नुन व्यापारका मुख्य नाका थिए ।
विश्वकै दुर्लभ वन्यजन्तु रेड पान्डाको चोरी सिकार नियन्त्रणका लागि बारेकोट गाउँपालिकाका सामुदायिक जङ्गलमा क्यामरा जडान गरिने भएको छ। डाँफे युवा क्लबद्वारा सञ्चालित रेड पान्डा नेटवर्क र बारेकोट गाउँपालिकाको साझेदारीमा नजिकका जङ्गल क्षेत्रमा क्यामरा जडान गर्न लागिएको हो। विश्वमै दुर्लभ मानिएका रेड पान्डा, चिर कालिज, सुनगिद्ध, कस्तुरीलगायत जीवजन्तु बारेकोटका सामुदायिक जङ्गलमा पाइन्छ। रेड पान्डा नेटवर्कका जिल्ला कार्यक्रम संयोजक भुपलाल केसीले चोरी सिकार नियन्त्रण गरी रेड पान्डाको संरक्षणमा टेवा पु¥याउने उद्देश्यसहित क्यामरा जडान गर्न लागिएको बताउनुभयो। उहाँले भन्नुभयो, “यो वर्षभित्रै बारेकोटका विभिन्न जङ्गलमा क्यामरा जडान गर्ने योजना बनाएका छौँ। चोरी सिकार रोक्न क्यामरा जडान गरिनेछ।”
हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियानले कैलालीमा यस वर्ष लक्ष्य हासिल गरेको छ। कैलालीमा १० वर्षसम्म यो अभियान व्यर्थ भएको थियो। २० दिनसम्म अभियान सञ्चालन गरेर लक्ष्य पूरा गरिएको हो। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीका अनुसार यस पटक ८० प्रतिशतलाई आमऔषधि खुवाउने लक्ष्य रहेको थियो तर लक्ष्यभन्दा बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सफलता प्राप्त भएको छ। उहाँले भन्नुभयो, “तोकिएको लक्ष्य हामी ११औँ अभियानमा हासिल गर्न सफल भएका छौँ। जिल्लाभरि लक्ष्यभन्दा बढीले आमऔषधि खाएका छन्।”
दाङको लमही नगरपालिका– ५ स्थित बगई सोतामा रहेको पुरानो पुल भत्किएको स्थानमा नयाँ पुल बन्न नसकेपछि सर्वसाधारण समस्यामा परेका छन्। हुलाकी सडक आयोजना कार्यालयमार्फत पक्की पुल बनाउने योजना रहेकोमा जिम्मेवार निर्माण कम्पनीले पुलको खम्बासम्म खडा गर्न नसकेकाले पुल निर्माणमा समस्या देखिएको हो।