कोभिड–१९ बाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० को मार्चमा कोभिड–१९ लाई महामारी घोषणा गरेयता विश्वव्यापीरूपमा उक्त सङ्ख्यामा बालबालिका अनाथ भएका अमेरिकी प्रसारण संस्था केबल न्यूज नेटवर्कले जनाएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्न द्वि राष्ट्रिय उद्योग वाणिज्य सङ्घहरूको भूमिका महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्नुभएको छ ।
नेपाल बङ्गलादेशमा जारी साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौथो तथा अन्तिम खेलमा आयोजक बङ्गलादेशसँग बराबरीमा रोकिएको छ ।
गत फागुन ७ मा धारापानीका चार वर्षे बालक सुहान केसी बेपत्ता भए । उनको चारैतिर खोजी भयो तर बालकको शव भोलिपल्ट मात्रै नजिकको ठूली पोखरीमा भेटियो ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्छ ।
कोशी प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिका कार्यकर्ताले मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौडेललाई कुटपिट गरेका छन्।
सर्वोच्च अदालतले मुद्दा फर्छ्यौटलाई प्राथमिकताका साथ तीव्रता दिएको छ । अदालतका अनुसार ३६ हजार पाँच सयभन्दा बढी लगत रहेको मुद्दामा सात हजार सात सय मुद्दा फर्छ्यौट भइसकेको छ ।
मतदाता सङ्ख्या र बजार महँगी बढ्दो भए पनि अनावश्यक खर्च कटौती गरिएका कारण विगतको तुलनामा यस वर्षको निर्वाचनमा कम खर्च भएको देखिएको छ ।
एम्नेष्टी इन्टरनेशनलले एसिया प्रशान्त क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र सङ्गठित हुन नपाउने अधिकार कुण्ठित गर्ने देशहरूमा नेपाल पनि रहेको बताएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज (मङ्गलबार) दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो ।
मिटरब्याजी पीडितको आन्दोलनमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले ऐक्यबद्धता जनाउनुभएको छ।
इटहरीमा ढुङ्गाको मुटु निर्माण गरिएको छ । इटहरीको तालतलैयामा ढुङ्गाको मुटु निर्माण गरिएको हो ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित नाम्चेबजार जाने दूधकोशी माथिको झुलुङ्गेपुल । उक्त पुल हिलारी पुलको नामले परिचित छ । यो पुल खुम्बु पासाङल्हामू पदमार्ग अन्तर्गत पर्छ। सँगै रहेको अर्को पुल प्रयोगबिहीन अवस्थामा छ । तस्बिरः प्रणय पराजुली/रासस
आजदेखि यहाँ प्रारम्भ भएको ‘बोआओ फोरम फर एसिया’मा ५० भन्दा बढी देश र क्षेत्रका दुई हजार प्रतिनिधिले भाग लिएका छन् ।
व्यवसायीले खरिद गरेको करिब आठ सय टन जडीबुटी समयमा भारत निकासी नहुँदा कुहिने अवस्थामा पुगेको छ ।