सिकलसेल तथा थालेसिमियाका बिरामी पहिचानका लागि बाँकेमा स्वास्थ्य कार्यालय र स्थानीय तहले स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन गरेका छन् । तर पहिचानका लागि मेसिनको अभाव देखिएको छ ।
भारतमा आयोजना हुने यू–२० साफ च्याम्पियनसिप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडी राखेको छ ।
जिल्लाका सरोकारवाला निकायको सक्रियतामा रारातालमा जाने छोटो रारा पर्यटकीय पदमार्ग निर्माण भएको छ । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अगुवाइमा सो पदमार्ग निर्माण भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच भेटवार्ता भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता एक हप्ताभित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिनुभएको छ ।
मोरङको सुन्दरहरैँचा–७ गोठगाउँस्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले एक कर्मचारीलाई पक्राउ गरेको छ ।
बालक हत्या घटनामा संलग्नलाई कार्वाहीको माग गर्दै अछाममा पाँच दलले जिल्लाभर चल्ने सवारी साधनमा रोक लाएका छन् । यातायातमा रोक लाउँदा जिल्लाभित्र र जिल्ला बाहिर चल्ने सवारी साधन नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।
पहिलो पटक बाँके जिल्लामा लक्ष्यभन्दा बढी बालबालिकाले कोभिडविरुद्धको खोप लगाएका छन् । ५ देखि ११ वर्षका बालबालिकाका लागि सञ्चालन गरिएको अभियानमा निर्धारित लक्ष्यभन्दा २ प्रतिशत बढी बालबालिकालाई कोभिडविरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्शन नरेश श्रेष्ठले बताउनुभयो ।
स्पेनिस स्टार राफेल नाडाल विम्बल्डन टेनिसको अन्तिम १६ मा प्रवेश गर्नुभएको छ । नाडालले शनिबार राति भएको खेलमा इटालीका लोरेन्जो सोनेगोलाई ३-० को सेटमा हराउनुभयो । लन्डनमा जारी प्रतियोगितामा नाडालले लोरेन्जोमाथि ६-१, ६-२, ६-४ को जित निकाल्नुभएको थियो ।
आईसीसी विश्वकप लिग–२ को तयारीका लागि क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (आइतबार) स्थानीय ओन्टारियो क्लबविरुद्ध टी–२० अभ्यास खेल खेल्दैछ । यस खेल नेपाली समय अनुसार राति ७ः१५ बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
जिल्ला कारागार जाजरकोटमा क्षमता भन्दा दुई गुणा बढी कैदीबन्दी राखिएपछि समस्या देखिएको छ । १५ जना पुरुष र ५ जना महिलाको क्षमता रहेको कारगारमा अहिले ५४ जना कैदीबन्दी छन् ।
रौतहटको पर्यटकीय क्षेत्र नुनथर आएका दुई भारतीय पर्यटक नदीमा डुबेर बेपत्ता भएका छन् । उनीहरुसँगै नदीमा फसेका एक जनाको भने उद्धार गरिएको छ ।
होटल सङ्घ पोखराले कोरोनाले थलिएको पर्यटनलाई पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन विशेष राहतका कार्यक्रम ल्याउन नेपाल राष्ट्र बैङ्कसँग आग्रह गरेको छ । आगामी आर्थिक वर्षका लागि बन्ने मौद्रिक नीतिमा समावेश गर्न सुझाव दिने उद्देश्यले शनिबार पोखरामा अन्तक्र्रिया तथा छलफल कार्यक्रम आयोजना गरी सङ्घले उक्त सुझाव दिएको हो । सो अवसरमा सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले गभर्नर महाप्रसाद अधिकारीलाई संस्थाका तर्फबाट लिखित सुझाव तथा माग प्रदान गर्नुभएको थियो ।
प्रदेश १ का उद्योगी व्यवसायीले बैङ्कको तरलताको समस्या समाधान भए मात्रै औद्योगिक व्यावसायिक वातावरण सहज हुने निष्कर्ष निकालेका छन् । विराटनगरमा बिहीबारदेखि सुरु नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ को चौथो सभाबाट १५ बुँदे प्रस्ताव पारित गर्दै उद्योगी व्यवसायीले कर्जा प्रवाहमा देखिएको समस्या आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने धारणा राखेका हुन् । “बजेटले सिर्जना गरेका कतिपय समस्या मौद्रिक नीतिले हल गर्नुपर्छ । बैङ्कको तरलता अभावबाट सिर्जित औद्योगिक व्यावसायिक समस्या निराकरण हुनुपर्छ,” महासङ्घको प्रस्तावमा भनिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले उत्पादनशील क्षेत्र र अन्य क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरक हुनुपर्ने विषय अधिकांश जिल्ला नगर उद्योग वाणिज्य सङ्घबाट उठेको बताउनुभयो । उत्पादनशील क्षेत्रमा प्रवाह हुने कर्जालाई एकल अङ्कमा नबढ्ने ब्याजदर कायम हुनुपर्ने माग उद्योगी व्यवसायीले गरेका हुन् ।