राष्ट्रपति रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा सञ्चालित राष्ट्रिय गौरवका तथा अन्य विकासका योजना समयमा नै सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ। राष्ट्रपति पौडेलसमक्ष जिल्लावासीले काममा ढिलाइ भएको गुनासो सुनाएपछि निर्माण कार्यप्रति चासो लिनुका साथै ध्यानाकर्षण गराउनुभएको हो। राष्ट्रपति पौडेलले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई टेलिफोन सम्पर्क गरी विकास निर्माणका कामलाई छिटोछरितो बनाउन निर्देशन दिनुभयो।
बागलुङ जिल्ला मालढुङ्गाको शिरमा रहेको घना जङ्गलको बीचमा कालिका मन्दिर छ। नेपालको एक प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर बागलुङ प्रवेश गर्नेबित्तिकै दर्शन गर्न पाउने मन्दिर हो। भगवान्मा आस्था र विश्वास गर्ने जो कोही बागलुङ–पोखरा लोकमार्ग हुँदै यात्रा गर्ने यात्रु आफ्नो सफल र शुभयात्राको कामना गर्दै नतमस्तक भएर ढोग्छन्। गाडीको स्टेरिङ समात्ने चालकको हात पनि एक पटक मन्दिर गेटको घुम्तीमा पुग्दा स्टेरिङ छोडेर वा एक हातले स्टेरिङ समात्ने अर्काे हातले ढोग्नमा पुग्छन्।
अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन आउँदो जेठ महिनामा आयोजना गर्ने भएको छ ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभालाई काम (बिजनेस) नदिँदा प्रदेश सभाको बैठक अनिश्चित जस्तै बनेको छ । प्रदेश सभाको पहिलो अधिवेशनको छैटौँ बैठक गत फागुन १७ मा बसेको थियो । त्यसयता बस्न सकेको छैन । सातौँ बैठकको बैठकपछि बस्ने सूचना सार्वजनिक गर्ने गरी सभामुख तुलाराम घर्तीले बैठक सकिएको जानकारी दिए पनि हालसम्म बस्न सकेको छैन । सङ्घीय सरकारमा देखिएको राजनीतिक समीकरणको प्रभाव यस प्रदेशमा परेपछि बैठक पनि अनिश्चित भएको हो ।
विद्यालय भवन निर्माणका लागि विनियोजन गरिएको बजेट कमिसनमा प्रयोग भएको पाइएको छ। चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भवन निर्माणका लागि विनियोजन भएको बजेट कमिसनमा प्रयोग भएको पाइएको हो। सिमकोट गाउँपालिका–४, हिल्दुम गाउँको बालविकास आधारभूत विद्यालयका प्रधानाध्यापक जयदेवी शाहीले आफ्नो विद्यालय भवन निर्माणका लागि आएको बजेट कमिसनमा प्रयोग भएको बताउनुभयो। उहाँले भवन निर्माणका लागि कुल बजेटमध्ये तीन लाख रुपियाँ कार्यक्रमअन्तर्गत योजना छनोटका लागि सहयोग गर्ने माथिल्लो निकायका व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकराज शाहीले दिएको जनाउनुभयो।
जुम्लामा हुन लागेको दुई जोडीको बालविवाह रोकिएको छ । तिला गाउँपालिका–३ मा बालविवाह हुन लागेको सूचना पाएपछि प्रहरी र सरोकारवाला निकायको सक्रियतामा उक्त विवाह रोकिएको छ। तिला गाउँपालिका–५ की १६ वर्षकी बालिका र सोही गाउँपालिका–३ का बालक १९ वर्षका थिए। १८ वर्षभन्दा कम उमेरका भएकाले उनीहरूबीचको बालविवाह हुन लागेको गोप्य सूचनाका आधारमा बुधबार प्रहरीले उक्त बालविवाह रोकेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यामबहादुर बुढाले जानकारी दिनुभयो। उहाँका अनुसार बालविवाह हुनबाट रोकिएका दुवै जनालाई स्थानीय जनप्रतिनिधि, बालिविवाहविरुद्ध काम गर्ने सरोकारवालाको रोहबरमा अभिभावकको जिम्मा लगाइएको छ।
रुकुमपश्चिममा क्षयरोगको निदान तथा नियन्त्रणमा सचेतनाको कमी नै प्रमुख चुनौती रहेको बताइएको छ। विश्व क्षयरोग दिवसका अवसरमा शुक्रबार स्वास्थ्य सेवा कार्यालयले आयोजना गरेको अन्तक्र्रियामा जनचेतनाको अभावले नै क्षयरोग नियन्त्रण हुन नसकेको बताइएको हो।
म तीस वर्षअघि फर्कन चाहन्छु
शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकले आगामी शुक्रबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। एकाइ प्रमुख गोकर्णध्वज कार्कीले एसईई परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका परीक्षा केन्द्रमा पुगेको बताउनुभयो। उहाँले आइतबार जिल्लामा रहेका परीक्षा केन्द्रका केन्द्राध्यक्षका लागि अभिमुखीकरण कार्यक्रम राखिएको भन्दै अभिमुखीकरणपछि नियुक्त दिएर प्रश्नपत्रहरू सम्बन्धित परीक्षा केन्द्रमा पठाइने बताउनुभयो। एकाइ प्रमुख कार्कीका अनुसार यस वर्षको एसईई परीक्षामा जिल्लाका कुल छ हजार ४३६ जना विद्यार्थी सहभागी हुनेछन्।
दोलखाको भीमेश्वर नगरपालिका–५ र वैतेश्वर गाउँपालिका–६ को सिमानाको तामाकोशीको पक्की पुल निर्माणमा ढिलाइ भएको छ। पुल निर्माण हुने स्थलका घरटहरा नहटेका कारण निर्माणमा ढिलाइ भएको पुल योजना सेक्टर नं. २ का योजना प्रमुख केदार नेपालले जानकारी दिनुभयो। उहाँका अनुसार दुवैतर्फ जगको काम भइसकेको छ। पुल निर्माणको काम नै सकिने बेलासम्म अतिक्रमित करिब दर्जन घरटहरा नहटाउँदा जगको काम नै रोकिएको थियो।
चाहिन्न, अब केही चाहिन्न ।
मधेश प्रदेशको स्थायी राजधानी र धार्मिक पर्यटकीय नगरी जनकपुरधामलाई सफासुग्घर राख्ने सबैको चाहना हुँदाहुँदै पनि चारैतिर फोहोर देखिन्छ। घर, पसलको फोहोर सडकमा ल्याएर फाल्ने प्रवृत्तिले यस्तो अवस्था आएको हो। जनकपुर नगरीलाई सफासुग्घर राख्न चेतनामूलक सन्देश यत्रतत्र भित्तामा लेखिएको भेटिन्छ तर त्यो चेतनामूलक सन्देश पढेर पनि व्यवहारमा भने उतारिएको छैन। यसैकारण जनकपुरधामका मुख्य सडकमा फोहोर र दुर्गन्धित छन्।
पछिल्लो समय मधेशमा खेलिने परम्परागत रैथाने खेल लोप हुँदै गएकाले सामूहिक सद्भाव र मेलमिलापको भावनामा समेत ह्रास हुँदै गएको छ । अहिलेका बालबालिका तथा किशोरकिशोरी इन्टरनेटबाट खेलिने शारीरिक अभ्यासबिनाका खेलमा लत बस्न थालेपछि सामूहिक सद्भाव र मेलमिलापको भावनामा ह्रास आएको हो । जनज्योति माध्यमिक विद्यालयका पूर्वखेल शिक्षक रामकुमार घिमिरे भन्नुहुन्छ, “हाम्रा अधिकांश रैथाने खेल वातावरणमैत्री र मितव्ययी छन् । गाउँघरमै उपलब्ध सामाग्रीको खोजी गरी खेलिन्छ । आर्थिक भार नपर्ने, शारीरिक र मानसिक विकास पनि हुने र मनोरञ्जन पनि पर्याप्त लिन सकिने त्यस्ता रैथाने खेल संरक्षणमा सबैले विशेष ध्यान दिनुपर्छ । परम्परागत रैथाने खेल कतैकतै कहिलेकाहीँ विद्यालयमा विद्यार्थीलाई खेलाएको देखिन्छ ।”
तिमीले त भनेकै हो एउटा दूरी कायम गरौँ हाम्रो मिलन सम्भव छैन