• १३ साउन २०८१, आइतबार

नाफामा अरनिको स्मृति

blog

काठमाडौँ, चैत १४ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले सोमबार राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस मनाएको छ । प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले नेपाली कला र कलाकारलाई देश–विदेशमा चिनाउन अरनिकोको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै नेपालमा अरनिकोका बारेमा विगतमा भएका संस्थागत तथा व्यक्तिगत कार्यका बारेमा जानकारी दिनुभयो । 

कार्यक्रममा अग्रज कलाकार मदन चित्रकारले नेपाली कलालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु-याउन अरनिकोले महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।

कार्यक्रममा अरनिकोका बारेमा परिचर्चा गर्दै डा. नरेश शाक्यले नेपाली कला र शैलीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ परिषद् सञ्जय बान्तवा, अग्रज कलाकार तथा लेखक रमेश खनाल, कमलमणि काफ्ले, नेपाल व्यावसायिक कलाकार सङ्घका महासचिव भोलानाथ पौड्याल, नेपाल कमर्सियल आर्टिस्ट सङ्घका महासचिव चित्र कार्कीलगायतले अरनिकोका बारेमा चर्चा गर्नुभएको थियो ।