प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितहरूको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताउनुभएको छ ।
पेसागत महासङ्घ नेपालको सातौँ महाधिवेशन बिहीबारदेखि हुने भएको छ । ‘स्वाधीन अर्थतन्त्र र समृद्ध जीवनका लागि गुणस्तरीय सेवा र जिम्मेवार ट्रेड युनियन’ नाराका साथ उक्त महाधिवेशन ललितपुरको जावलाखेलमा हुन लागेको हो ।
चीनका शीर्ष विधायक झाओ लेजीले शुक्रबार बेइजिङमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गर्नुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ ।
दोलखामा ट्रकको ठक्करबाटबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको भीमेश्वर नगरपालिका –६ चोथाङमा शनिबार बिहान ट्रकको ठक्करबाटबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेट गरेका छन् । बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
चिसोको समयमा बेसी झरेका भेडीगोठ यती बेला गाउँ फर्किन थालेका छन् । बूढी नन्दा, हिमाली , स्वामिकार्तिक, जगनाथ लगायतका अधिकांश स्थानीयहरूको मुख्य पेसा भेडा बाख्रापालन रहेकोले उनीहरू हिउँदको केही महिना चिसो छल्न र भेडा बाख्रा पाल्न सहजताका लागि गत कात्तिकमा बेँसी झरेका थिए ।
तीन दिनसम्म सञ्चालन भएको कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रमअन्तर्गत तम्घासमा ६९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।
“डाक्टरले के भन्यो ?” “बढीमा छ महिना ।” पति निदाएजस्तो गरिरह्यो । यो प्रश्नले उसलाई त्रस्त पारिरहन्थ्यो । सबैले माया मारिसकेका थिए । उसकी पत्नीले मात्र आँसु झारिरहन्थी । भाइबुहारी पालैपालो कुरुवा बस्थे पहिले त पछि त्यो क्रममा पनि व्यवधान आयो । सबैले छ महिना पनि बढी भयो भनेजस्तो आआफ्ना व्यस्तता देखाउन थाले । मात्र पत्नीले सकीनसकी उसको स्याहा
कलिलो घाम आमाको अनुहारमा विम्ब बनेर आयो । आमा ! मुसुक्क हाँसिन् घामझैँ किरण हाँस्यो घामजस्तै ।
घनु भन्ने बहरमा बनाएँ गजल यो अक्षर बाह्रले अब सजाएँ गजल यो । छन् अर्का न यसमा बुझौँ चार मात्रै
यो बादलको गाउँभन्दा पनि परको गाउँमा एक जोर आँखाहरू बाटोमा ओछ्याइएका छन् उप्किँदै गरेका घरका भित्ताहरू मक्किँदै गरेका झ्याल
गहिरो अध्ययन, कठिन सङ्कलन र सूक्ष्म अनुसन्धानको प्रतिफलका रूपमा ‘आविर्भाव आख्यान’ जनसामु आएको छ । कान्यकुब्जबाट जुम्ला हुँदै फैलिएका खस आर्यहरू (कौण्डिण्य गोत्री आचार्य आविर्भाव आख्यान एक प्रतीक) उपशीर्षक दिइएको यस कृतिका सङ्कलक, सम्पादक तथा लेखक हुनुहुन्छ– वेदनाथ आचार्य ।