• ८ मंसिर २०८१, शनिबार

आमा र घाम (कविता)

blog

 कलिलो घाम 

आमाको अनुहारमा विम्ब बनेर आयो ।


आमा ! मुसुक्क हाँसिन् घामझैँ 

किरण हाँस्यो घामजस्तै ।


आमा ! घामजस्तै उज्यालो छिन्

आमाजस्तै उज्यालो छ देशको घाम ।


आमा र देशको अनुहार हेरेर 

बिहानीका कलिला किरणहरू 

मुसुक्क हाँस्छन् !