गाउँपालिकाभित्र विक्री वितरण हुने रासायनिक मलको निर्धारण गरिएको छ । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिकाले पालिकाभित्र विक्रि वितरण हुने रासायनिक मलको मुल्यमा एकरुपता ल्याउन मुल्य निर्धारण गरेको हो ।
प्रतिनिधिसभा बैठकमा यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयकसम्बन्धित समितिको प्रतिवेदन पेश भएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उक्त प्रतिवेदन सोमबारको बैठकमा पेश गर्नुभएको हो ।
प्रतिनिधिसभा बैठकले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिलवालले मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
नेपाल राष्ट्र बैङ्कले कसिलो मौद्रिक नीति ल्याउने सङ्केत गरिरहेका बेला निजी क्षेत्रले भने यसलाई केही विस्तारकारी बनाउने प्रयास निरन्तर गरिरहेका छन् । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न सार्वजनिक कार्यक्रममा अर्थतन्त्रको वर्तमान जटिलता समाधान गर्नेगरी मौद्रिक नीति आउने बताउँदै गर्दा निजी क्षेत्र भने केही सहुलियत जोगाउने अपेक्षामा देखिएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।
गत असार १६ गते देखि सडकमा पहिरो खसेका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर खुलेको छ ।
डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट २०७८ भारतीय सिक्किम प्रदेशका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ सम्मानित हुनुभएकोमा विभिन्न संस्थाले उहाँलाई बधाई तथा अभिनन्दन गरेका छन् । बानेश्वर बहुमुखी क्याम्पसमा आयोजना भएको कार्यक्रममा पूर्वमुख्यमन्त्री चाम्लिङलाई बधाई तथा अभिनन्दन गरिएको हो । मुख्यमन्त्री चाम्लिङले गमलामा पानी हालेर कार्यक्रमको उ्घाटन गर्न‘भएको थियो ।
नेपाल सरकारले संघीय संसद्मा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्नुभएको छ ।
काठमाडौँ उपत्यकामा बसोबास गर्ने दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क रूपमा उपलब्ध गराउने भनिएको इन्डक्सन चुलो वितरण कार्यक्रम रोकिएको छ । यस्तो चुलोको आपूर्तिकर्ताले उपलब्ध गराएको चुलोको गुणस्तर मापदण्ड नमिलेको पाइएपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले वितरण प्रक्रिया रोकेको हो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनाव अघि माओवादी लगायत कुनै पनि पार्टीसंग पार्टी एकता नहुने बताउनु भएको छ ।
मधेश प्रदेश सरकारले भुक्तानी निकासाका लागि आर्थिक वर्षको अन्त्यसम्म व्यवस्था गरिदिन सङ्घ सरकारसँग माग गरेको छ ।प्रदेश सरकार प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आइतबार एक विज्ञप्ति जारी गर्दै सो माग गर्नुभएको हो ।
विम्बल्डन टेनिस उपाधि विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचले जित्नुभएको छ । लन्डन स्थित अल इङ्ल्यान्ड क्लबमा आइतबार राति भएको रोमाञ्चक फाइनल भिडन्तमा जोकोभिचले अस्ट्रेलियाका निक क्रिगोसलाई ४–६, ६–३, ६–४, ७–६ (७–३) को सेटमा हराउनुभयो ।