• ५ जेठ २०८१, शनिबार

गजल

blog

घनु भन्ने बहरमा बनाएँ गजल यो

अक्षर बाह्रले अब सजाएँ गजल यो ।


छन् अर्का न यसमा बुझौँ चार मात्रै         

कोसिसले जमिनमा उठाएँ गजल यो ।


लेखेको छु मैले अनेकौँ  बहरमा 

मैले आज मनले सिकाएँ गजल यो ।


अब उपहार केही नकिन्ने भएँ म

गुरुको दक्षिणामा पठाएँ गजल यो ।


वाचन गर्न थाल्दा उँचो धरहरामा

आफैँले मधुर स्वरमा गाएँ गजल यो ।


आँटेको छु मैले नयाँ काम थाल्ने

आयो वर्ष नौलो मिलाएँ गजल यो ।